IME Life New

आइक्यान र नाफिजको संयुक्त आयोजनामा कर तथा वित्तीय विवरण रिपोर्टिङ तालिम सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । क्रियाशील आर्थिक पत्रकारहरूको साझा संस्था नेपाल आर्थिक पत्रकार संघ र नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाको संयुक्त आयोजनामा कर तथा वित्तीय विवरण ‘रिपोर्टिङ’ सम्बन्धी एक दिने अभिमुखीकरण तालिम कार्यक्रम आज काठमाडौंमा सम्पन्न भएको छ।

आर्थिक तथा वित्तीय विषयमा कलम चलाउनले पत्रकारहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको उक्त तालिममा आइक्यानका परिषद् सदस्य हेमकुमार काफ्लेले कर प्रणाली, वित्तीय विवरणको संरचना तथा ती विवरणलाई समाचारमा कसरी सही र जिम्मेवार ढंगले प्रयोग गर्ने भन्ने विषयमा प्रशिक्षण दिएका थिए।

Esewa
Crest

काफ्लेले कर र वित्तीय विवरण जटिल विषय भए पनि पत्रकारहरूले आधारभूत अवधारणा स्पष्ट रूपमा बुझेर रिपोर्टिङ गर्दा आम पाठकलाई सहज रूपमा बुझ्ने गरी समाचार तयार गर्न सकिने बताए। उनले तथ्यको गहिरो अध्ययन बिना गरिने रिपोर्टिङले गलत सन्देश जान सक्ने भएकाले पत्रकारले विशेष सतर्कता अपनाउनुपर्नेमा जोड दिए।

कार्यक्रमलाई सम्बोधन गर्दै आइक्यानका अध्यक्ष नीलबहादुर सारु मगरले पत्रकारहरूले तथ्यमा टेकेर र विषयवस्तु बुझेर समाचार लेख्दा त्यसले समाजमा सकारात्मक प्रभाव पार्ने बताए ।

उनले कर, लेखा र वित्तीय विवरण जस्ता संवेदनशील विषयमा सही सूचना प्रवाह हुनु आवश्यक रहेको उल्लेख गर्दै गलत व्याख्या वा अपूर्ण जानकारीले नीति, व्यवसाय र सर्वसाधारणमा भ्रम सिर्जना हुन सक्ने बताए। आर्थिक पत्रकारिता सशक्त हुँदा समग्र आर्थिक प्रणालीप्रति नागरिकको विश्वास बढ्ने उनको भनाइ छ ।

त्यस्तै आइक्यानका उपाध्यक्ष आनन्दराज शर्मा वाग्लेले उक्त तालिम आइक्यान र सहभागी सञ्चारकर्मी दुवैका लागि उपयोगी भएको बताए। उनले तालिममार्फत पत्रकारहरूले प्राप्त गरेको ज्ञान आगामी दिनमा उनीहरूले लेख्ने समाचारमा सही तथ्य र सन्तुलित विश्लेषणका रूपमा बाहिर आउने विश्वास व्यक्त गरे। यस प्रकारका सहकार्यले लेखा पेशा र सञ्चार क्षेत्रबिचको दूरी घट्दै जाने उनको धारणा थियो।

नाफिजकी अध्यक्ष मेनुका कर्कीले यस्ता तालिम कार्यक्रमले नाफिज सदस्यहरूको क्षमता अभिवृद्धिमा महत्वपूर्ण भूमिका खेल्ने बताइन्। सदस्यहरूको व्यावसायिक क्षमता बढाउनु नै नाफिजको मूल मन्त्र रहेको उल्लेख गर्दै उनले सदस्यहरूको सुझावका आधारमा आगामी दिनमा पनि यस्तै खालका तालिम तथा अभिमुखीकरण कार्यक्रम निरन्तर रूपमा आयोजना गरिने प्रतिबद्धता व्यक्त गरिन्।

कार्यक्रममा सहभागी नाफिज सदस्यहरूले तालिमबाट नयाँ र उपयोगी विषयहरू सिक्न पाएकोमा खुशी व्यक्त गरे। तालिममा प्राप्त ज्ञान र सीपलाई आफू आवद्ध सञ्चार संस्थामा कार्यान्वयन गर्ने र आगामी दिनमा अझ जिम्मेवार तथा तथ्यपरक आर्थिक समाचार लेख्ने उनीहरूको भनाइ थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS