IME Life New

प्रिमियम मूल्यमा आइपीओ ल्याउन लागेको हुलास फिनसर्भको ६५%ले बढ्यो नाफा, अन्य सूचक कस्ता ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । प्रिमियम मूल्यमा आइपीओ ल्याउन लागेको हुलास फिनसर्भ हायर पर्चेजले चालु आर्थिक वर्ष २०८२।८३ को तेस्रो त्रैमास (साउन–चैत)सम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

वित्तीय विवरणअनुसार कम्पनीले चालु आर्थिक वर्षको चैतसम्म २४ करोड १३ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्ष २०८१।८२ को चैतसम्म कम्पनीले १४ करोड ५९ लाख रुपैयाँ नाफा कमाएको थियो। यो हिसाबले कम्पनीको नाफा ६५.३५ प्रतिशतले बढेको छ।

Esewa
Crest

चैतसम्म कम्पनीको सञ्चालन मुनाफा ३७ करोड ७७ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीको सञ्चालन मुनाफा २३ करोड २२ लाख रुपैयाँ थियो। कम्पनीको सञ्चालन मुनाफा पनि ६२.२० प्रतिशतले बढेको छ।

चालु वर्षको चैतसम्म कम्पनीको खुद ब्याज आम्दानी ३३ करोड ६ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष यही चैतसम्म खुद ब्याज आम्दानी १४ करोड ८६ लाख रुपैयाँ थियो। अघिल्लो वर्षको तुलनामा खुद ब्याज आम्दानी १२२.४३ प्रतिशतले बढेको छ।

चुक्तापुँजी ८३ करोड रुपैयाँ रहेको कम्पनीको रिटेन्ड अर्निङमा ६४ करोड ८१ लाख रुपैयाँ र रिजर्भमा २५ करोड २४ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष चैतसम्म कम्पनीको रिटेन्ड अर्निङमा ४५ करोड ५० लाख रुपैयाँ र रिजर्भमा २० करोड ४१ लाख रुपैयाँ थियो।

चैतसम्म कम्पनीले ८ अर्ब ४३ करोड रुपैयाँ सापटी लिएर ११ अर्ब २७ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। अघिल्लो वर्ष असार मसान्तसम्म कम्पनीले ६ अर्ब १५ करोड रुपैयाँ सापटी लिएर ८ अर्ब २ करोड कर्जा लगानी गरेको थियो। कम्पनीको व्यापार पनि बढ्दै गएको छ।

कम्पनीको वार्षिकीकृत शेयरमा प्रतिफल बढेर १८.५९ प्रतिशत पुगेको छ। अघिल्लो वर्ष शेयरमा प्रतिफल १३.७० प्रतिशत थियो। कम्पनीको निष्क्रिय कर्जा घटेर २.९४ प्रतिशतमा झरेको छ। अघिल्लो वर्ष निष्क्रिय कर्जा ४.२२ प्रतिशत थियो।

कम्पनीको वार्षिकीकृत प्रतिशेयर आम्दानी बढेर ३८.७७ रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष प्रतिशेयर आम्दानी २३.४५ रुपैयाँ थियो। कम्पनीको प्रतिशेयर नेटवर्थ २०८.५० रुपैयाँ रहेको छ।

कति मूल्यमा ल्याउँदैछ आइपीओ ?

यो कम्पनीले धितोपत्र बोर्डसँग १०० रुपैयाँ अंकित दरमा २५८.८५ रुपैयाँ प्रिमियम थपेर ३५८.८५ रुपैयाँ आइपीओ ल्याउन अनुमति मागेको छ। धितोपत्र बोर्डले अनुमति दिएमा कम्पनीले ३५८.८५ रुपैयाँ दरमा कुल २० लाख ७५ हजार कित्ता आइपीओ जारी गर्नेछ।

यो आइपीओ बिक्रीबाट कम्पनीले ७४ करोड ४६ लाख १३ हजार ७५० रुपैयाँ पुँजी जुटाउने लक्ष्य राखेको छ। कम्पनीको आइपीओ बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS