IME Life New

शेयर बजारमा भारी गिरावट, कारोबार रकम ४ अर्ब ९० करोड

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज साताको पसिहलो दिन शेयर बजार भारी अंकले घटेर बन्द भएको छ । आज नेप्से परिसूचक ३० दशमलव ०२ अंकले घटेर २,५६६ को विन्दुमा कायम भएको छ । आज २८ कम्पनीको शेयर मूल्य बढेको छ भने २२२ कम्पनीको शेयर मूल्य घटेको छ ।

आज दिनभरिमा ३२३ कम्पनीको १ करोड ६ लाख १९ हजार कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ९० करोड माथिको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै यूनियन हाइड्रोपावरको शेयर कारोबार भएको छ । आज यस कम्पनीको २७ करोड ७६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेपाल पुनर्बीमा कम्पनीको २३ करोड ५३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनआरएनको २१ करोड ८९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Esewa
Crest

आज सबैभन्दा धेरै दरमखोला हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन् । माबिलुङ हाइड्रोपावरका लगानीकर्ताले ९ दशमलव ९८ प्रतिशतका दरले कमाएका छन् । सागर डिष्टिलरीका लगानीकर्ताले ९ दशलमव ९८ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै उन्नती सहकार्य लघुवित्तका लगानीकर्ताले गुमाएका छन् । आज यसका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS