IME Life New

हराएको जीवन बीमालेखको प्रतिलिपि कसरी प्राप्त गर्ने ? यस्ता छन् प्रक्रिया

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । जीवन बीमालेख एउटा महत्वपूर्ण दस्तावेज हो। बीमितले वा लाभग्राहीले बीमालेखको अवधि पूरा नहुँदासम्म यो बीमालेख सुरक्षित राख्नुपर्छ।

बीमालेखबाट प्राप्त गर्ने लाभको प्राप्तिका लागि बीमालेख अनिवार्य दस्तावेज हो। बीमासँग सम्बन्धित कुनै पनि लाभ निर्धारण गर्ने, लाभग्राही र बीमकबीच कुनै विवाद भएको अवस्थामा समाधानको खोजी गर्ने मुख्य आधार नै बीमालेख हो।

Esewa
Crest

बीमालेख महत्वपूर्ण दस्तावेज हो भन्ने थाहा पाउँदा पाउँदै पनि कहिलेकाहीँ अन्जानवश वा परिस्थितवश यो दस्तावेज हराउन, च्यातिन वा नष्ट हुन सक्छ। यस्तो अवस्थामा पुनः बीमालेख हात पार्नु बीमित वा कानुनी हकवालाको चासो हुन्छ। किनकि बीमालेख पेस नगर्दासम्म बीमकले दाबी भुक्तानी गर्दैन।

यस्ता छन् हराएको बीमालेखको प्रतिलिपि प्राप्त गर्ने प्रक्रिया

  • बीमालेख हरायो भने यसको प्रतिलिपि प्राप्त गर्न सकिन्छ। प्रतिलिपि प्राप्त गर्ने प्रक्रिया केही लामो र झन्झटिलो भने अवश्य पनि हुन्छ। तपाइँले बीमालेख हराउनु भएको निश्चित भइसकेपछि निम्न प्रक्रिया पूरा गरेर बीमकबाट प्रतिलिपि प्राप्त गर्न सक्नुहुन्छः
  • सबैभन्दा पहिले जीवन बीमकको नजिकको शाखा कार्यालयमा बीमालेख हराएको मौखिक वा लिखित रुपमा जानकारी गराउपर्छ।
  • बीमालेखको प्रतिलिपिका लागि निवेदन फाराम भर्नुपर्छ वा हस्तलिखित निवेदन दर्ता गराउनुपर्छ।
  • निवेदन दर्ता गर्दा तपाइँले बीमालेख नम्बर, बीमितको पूरा नाम र सम्पर्क मोबाइल नम्बरसँगै ई–मेल ठेगानासमेत उपलब्ध गराउनुपर्छ।
  • निवेदन दर्ता गरिसकेपछि बीमकले दिएको नमुना सूचनाका आधारमा कुनै राष्ट्रिय दैनिक पत्रिकामा ३५ दिने सूचना प्रकाशन गर्नुपर्छ। सूचना प्रकाशनबापतको खर्च बीमित स्वयमले व्यहोर्नुपर्छ।
  • सूचनामा बीमालेख नम्बर र बीमितको नामसमेत उल्लेख गरेर कुन मितिमा कुन ठाउँबाट बीमालेख हराएको हो, सोको जानकारी खुलाउनुपर्छ।
  • पत्रिकामा प्रकाशित सूचनाको एक प्रति बीमकको कार्यालयमा दर्ता गराउनुपर्छ र एउटा प्रति आफूले पनि सुरक्षित साथ राख्नुपर्छ।
  • सूचना प्रकाशनको ३५ दिने म्याद पूरा भइसकेपछि बीमकले बीमालेखको प्रतिलिपि जारी गर्ने प्रक्रिया पूरा गरेर प्रतिलिपि बीमालेख तयार पार्नेछ।
  • ३५ दिनको अवधि पूरा भएपछि बीमकले सम्पर्कका लागि तोकेको दिनमा बीमकको कार्यालयमा सम्पर्क गरेर बीमालेखको प्रतिलिपि प्राप्त गर्नुपर्छ।
  • बीमालेखको प्रतिलिपिबापत बीमकले तोकेको प्रतिलिपि शुल्क बीमितले भुक्तानी गर्नुपर्छ। यस्तो शुल्क सामान्यतया ५०० रुपैयाँसम्म कायम गरिएको हुन्छ।

बीमालेखको प्रतिलिपि प्राप्त गरिसकेपछि जतनका साथ राख्नुपर्छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS