IME Life New

कति वर्ष पुरानो हो प्लेन ? हवाई यात्राअघि यसरी सहजै थाहा पाउन सकिन्छ उमेर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । भारतको अहमदाबादस्थित गुजरातमा बिहीबार एयर इन्डियाको विमान दुर्घटनाग्रस्त भयो। दुर्घटनामा विमानमा सवार २४१ यात्रुसहित २६५ जनाको मृत्यु भएको छ। यो विमान लन्डन जाँदै थियो।

विमान दुर्घटनाका विभिन्न कारण हुन सक्छन्। धेरैजनाले भने पुरानो विमान भएका कारण दुर्घटनाका घटना बढ्दै गइरहेको बताइरहेका छन्।
कुनै पनि हवाई यात्रा गर्नु पहिला यात्रुले आफू चढ्ने विमानको उमेर सहज पत्ता लगाउन सक्छन्। गाडीको जस्तै विमानको उत्पादन वर्ष हुन्छ। विमान पनि रजिस्ट्रेसन गर्नुपर्छ।

Esewa
Crest

त्यसैले आफू चढ्न लागेको विमानको उमेर हवाई यात्रा गर्नुअघि नै पत्ता लगाउन सकिन्छ।

यस्तो छ विमानको उमेर पत्ता लगाउने तरिका

फ्लाइट डिटेल चेक गर्न सबैभन्दा सजिलो तरिका भने ‘प्लाइटराडर२४’मा आफ्नो फ्लाइटको नाम र डिटेल हेर्न सकिन्छ। त्यो आइकनमा क्लिक गर्नुपर्छ। त्यसपछि तपाइँको ल्यापटप वा मोबाइलको स्क्रिनमा त्यो फ्लाइटको डिटेल आउन थाल्छ। डिटेललाई स्क्रल डाउन गर्दै तल आउँदा ‘रजिस्ट्रेसन’ र ‘एज’ देख्न सकिन्छ।

प्लाइटराडर२४ पोर्टलको मद्दतले कुनै पनि जहाजको उमेर पत्ता लगाउन पेड सब्सक्रिप्सन लिनुपर्छ। पोर्टलले त्यसपछि मात्रै जहाजको उमेर देखाउँछ।

केही हुन्छन् जहाज रिटायर्ड ?

एउटा जहाजको उमेर अनुमान २०–४० वर्षको हुन सक्छ। त्यसपछि जहाजले प्रदान गर्ने सेवा सकिन्छ। यो उमेर कमर्सियल प्यासेन्जर प्लेनको हो।

पुराना जहाजमा बढ्छ लागत

पुराना जहाजमा मर्मतसम्भार खर्च बढ्न थाल्छ। त्यसैले विदेशका एयरलाइन्स कम्पनीहरुले पुराना जहाजलाई उमेर पुगेपछि थन्क्याउँछन्, प्रयोगमा ल्याउँदैनन्।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS