IME Life New

न्यौपानेको अक्षमता कति झेल्ने एनआईसी एसिया बैंक र बैंकका ग्राहकले ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । रोशनकुमार न्यौपानेले एनआईसी एसिया बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)को जिम्मेवारी सम्हालेको साढे ७ वर्ष पुग्यो। २०७५ मंसिर १६ मा बसेको बैंकको ३७९औँ सञ्चालक समितिको बैठकले बैंकका कामु सीईओ न्यौपानेलाई सीईओमा नियुक्ति गरेको थियो। सीईओ न्यौपानेले ४ वर्षको पहिलो कार्यकाल सकाएर २०७९ मंसिर १५ देखि दोस्रो कार्यकाल सीईओ बने।

आन्तरिक लेखापरीक्षण विभाग प्रमुखका रुपमा तत्कालीन बैंक अफ एसिया नेपालबाट बैंकिङ क्षेत्रमा प्रवेश गरेका न्यौपानेले बैंकका विभिन्न विभाग हुँदै नेतृत्वसम्मको जिम्मेवारीमा रहिसकेका छन्। चार्टर्ड अकाउन्टेन्टसमेत रहेका न्यौपाने सीईओ बन्दै गर्दा एनआईसी एसियाका कर्मचारीमा जुन उत्साह थियो, त्यो उत्साह अहिले सेलाइसकेको छ।

Esewa
Crest

करिब ७ वर्षअघि बैंकको अवस्था जुर्मुराउँदो र उदाउँदो रहेकोमा अहिले न्यौपानेको दोस्रो कार्यकालको मध्य समयमा बैंकको अवस्था निराशामा बद्लिएको छ। ‘बैंक पनि साथी पनि’ भन्ने नारा अहिले बैंक पनि लिलामी पनि भन्ने भाष्यमा बद्लिनु पक्कै सीईओ न्यौपानेको सकारात्मक प्रभाव होइन।

ग्राहकको चिन्ताः एनआईसी एसिया बैंकमा रहेको निक्षेप अब के गर्ने ? – Insurance Khabar

न्यौपानेले आफ्नो पहिलो कार्यकालमा बैंकलाई अग्रणी बनाउने होडबाजीमा मनलाग्दी कर्जा विस्तार गर्दा त्यसको नकारात्मक असर अहिले देखिएको छ। जसले बैंकलाई उर्जा दिनुको साटो झन् गलाउँदै र थलाउँदै लगेको तथ्यांक र सूचकहरुले स्पष्ट देखाइसकेका छन्।

आव २०७४–७५ को दोस्रो त्रैमासको २०७५ पुस ३० मा प्रकाशित वित्तीय विवरणअनुसार बैंकको निष्क्रिय कर्जा अनुपात ०.२९ प्रतिशत थियो। त्यसपछि अन्तिम त्रैमासमा ०.०६ प्रतिशत रहेकोमा अहिले त्यो बढेर ६.२८ प्रतिशतमा पुगेको छ।

यसले स्पष्ट पार्छ एनआईसी एसिया बैंकमा सीईओ न्यौपाने आफू मात्र असफल भइरहेका छैनन् कि बैंकलाई पनि असफल बनाइरहेका छन्।

विगतमा मनलाग्दी बाँडेको कर्जा अहिले असुली गर्न नसक्दा एनआईसी एसिया बैंक संकटको डिलमा पुगेको छ। कर्जा नोक्सानीबापतको प्रोभिजन अधिकांश बैंकले घटाउँदा यस बैंकको भने बढ्न पुगेको छ।

एनआईसी एसिया बैंकः लगातार खस्किँदै व्यापार, बोर्डको पेलाइले तनावमा सीईओ न्यौपाने – Insurance Khabar

सीईओ न्यौपानेका कारण बैंक संकटमा पुगेको बैंकभित्रबाटै सुनिन थालेको छ। न्यौपानेले विगतमा मनलाग्दी तरिकाले ऋण दिलाएकाहरुबाट ऋण असुली हुन सकेको छैन। यसबाहेक अन्य व्यवस्थापकीय समस्याका कारण पनि बैंकलाई संकट पर्न थालेको बैंककै कर्मचारीहरुको आरोप छ।

पछिल्ला वर्षहरुमा निरन्तर कमजोर वित्तीय विवरण सार्वजनिक गरेपनि एनआईसी एसिया बैंकका ग्राहकहरु आत्तिन थालेका छन्। उनीहरुले बैंकमा दुःख–सुख गरेर बैंकमा राखेको निक्षेप नै डुब्ने हो कि भन्ने चिन्ता व्यक्त गर्न थालेका हुन्।

सामाजिक सञ्जालदेखि बैंकिङ क्षेत्रका जानकारहरुलाई समेत ग्राहकले एनआईसी एसिया कमजोर बन्दै गएमा हामीले निक्षेप के गर्ने ? भन्ने प्रश्न तेर्स्याउन थालेका छन्।

व्यापार खस्किँदा कमजोर बन्दै एनआईसी एसिया बैंकको वित्तीय स्वास्थ्य, नाफामा भारी संकुचन – Insurance Khabar

पछिल्ला केही वर्षयता बैंकिङ अभ्यासमा एनआईसी एसिया बैंक असफल भएपछि ग्राहक आजित छन्। केही महिनाअघि मात्रै राष्ट्र बैंकले टेकओभर गरेको कर्णाली विकास बैंकमा जस्तै यस बैंकमा पनि सोही अवस्था आउन सक्ने भएकाले उनीहरु आत्तिएका हुन्। एनआईसी एसिया बैंक कमजोर बन्दै गएको उसले सार्वजनिक गरेको वित्तीय विवरणबाट पुष्टि हुन्छ।

गत आर्थिक वर्षमा एनआइसी एसिया बैंकको नाफामा अत्याधिक धेरै गिरावट आएको छ। बैंकको नाफा ७६.९७ प्रतिशतले खुम्चिएर १६ करोड १५ लाखमा सीमित भएको छ। अघिल्लो आर्थिक वर्षमा बैंकले खुद नाफा ७० करोड १४ लाख रुपैयाँ कमाएको थियो। अधिकांश बैंकको नाफा बढ्दा यस बैंकको भने नाफामा एकदमै धेरै गिरावट आएको हो।

एनआईसी एसिया बैंक पछिल्लोपटक आफ्नै विगतका गल्तीहरुको भूमरीमा पर्दै आइरहेको छ। अहिले पनि बैंकले सुध्रनका लागि कुनै पहल नचालेको विश्वस्त स्रोत बताउँछ।

राष्ट्र बैंक पनि एनआईसी एसिया बैंकको दूरावस्थामा मौन बसिरहेको छ। राजनीतिक रुपमा सेटिङ मिलाएका कारण पनि एनआईसी एसियालाई राष्ट्र बैंकले केही गर्न नसकेको स्रोतको दाबी छ।

एकपछि अर्को असफल अवस्था सार्वजनिक हुँदा पनि सीईओ न्यौपानेले त्यसको जिम्मेवारी लिएका छैनन्। उनी गम्भीर भएका छैनन् र गम्भीर हुने प्रयाससमेत गरेका छैनन्। उनको अक्षमता बैंक र बैंकका ग्राहकले कतिन्जेल झेल्ने भन्ने प्रश्न पनि यससँगै आउन थालेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

13%
happy

खुसी

53%
sad

दु :खी

7%
amazed

अचम्मित

13%
excited

उत्साहित

13%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS