IME Life New

नेपाली नागरिकले कतिसम्म विदेशी मुद्रा नगदै राख्न पाउँछन् ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाली नागरिकले विदेशमा रोजगार वा व्यवसाय गरेर आर्जन गरेको तथा विदेश भ्रमण प्रयोजनका लागि नगदै विदेशी मुद्रा राख्ने पाउने सीमाबारे स्पष्ट प्रावधान रहेको छ।

नेपाल राष्ट्र बैंकले इजाजतपत्र प्राप्त विदेशी विनिमय कारोबार गर्ने सम्बन्धमा जारी एकीकृत निर्देशनमा यस विषयमा मापदण्डहरु निर्धारण गरिएको छ। निर्देशनबमोजिम नेपाल नागरिकले विदेशमा रोजगारी वा व्यवसाय गरी आर्जन गरेको वा विदेश भ्रमणका लागि सटही सुविधाअन्तर्गत प्राप्त विदेशी मुद्रामध्ये बचत हुन आएको विदेशी मुद्रालगायत वैध स्रोतबाट प्राप्त विदेशी मुद्रा भविष्यमा उपयोग गर्ने प्रयोजनका लागि अधिकतम १ हजार ५०० अमेरिकी डलर वा सोबराबरको परिवत्र्य विदेशी मुद्रासम्म नगदमा राख्न पाउँछन्।

Esewa
Crest

यस्तो रकम जतिसुकै पटकको स्रोत भए पनि कुल रकममा उक्त सीमा नाघ्न हुँदैन।

सम्बन्धित व्यक्तिले आफू विदेशबाट नेपाल आउँदा साथमा ल्याएको वा नेपालभित्र प्राप्त गरेको परिवत्र्य विदेशी मुद्र तोकिएको सीमाभन्दा बढी भएमा ३५ दिनभित्र सटही गर्नु वा नेपालस्थित बैंकमा परिवत्र्य विदेशी मुद्राको खाता खोली राख्नुपर्दछ।

त्यसैले केन्द्रीय बैंकले विदेशी विनियमको ज्ञान राखी सुरक्षित आर्थिक व्यवस्थापनको पहिचान गर्न सबैलाई आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS