काठमाडौं । निर्जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको ११ महिना जेठसम्म ३९ अर्ब ८८ अर्ब रुपैयाँ बढीको व्यापार गरेका छन्।
नेपाल बीमा प्राधिकरणको तथ्यांकअनुसार साउनदेखि जेठसम्मको ११ महिनाको अवधिमा १४ वटा निर्जीवन बीमा कम्पनी र ४ वटा निर्जीवन लघु बीमा कम्पनीहरुले २९ लाख २६ हजार ५२९ वटा बीमालेख बिक्री गरेर ३९ अर्ब ८८ करोड ४० लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका हुन्।
जेठसम्म कम्पनीहरुले मोटर बीमाको सर्वाधिक व्यापार गरेका छन्। मोटर बीमामार्फत कम्पनीहरुले जेठसम्म ११ अर्ब ७४ करोड ५१ लाख रुपैयाँको कुल बीमाशुल्क आर्जन गरेका छन्। कुल निर्जीवन बीमा व्यवसायमा मोटर बीमाको हिस्सा २९.४५ प्रतिशत देखिएको छ।
यसैगरी दोस्रो सर्वाधिक धेरै व्यापार कम्पनीहरुको सम्पत्ति बीमातर्फ देखिएको छ। जेठसम्म सम्पत्ति बीमामार्फत कम्पनीहरुले १० अर्ब १३ करोड १२ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन्। कुल व्यापारमा सम्पत्ति बीमाको हिस्सा २५.४० प्रतिशत रहेको छ।
चालु आर्थिक वर्षको जेठसम्म कम्पनीहरुले इन्जिनियरिङ र ठेक्कातर्फ ६ अर्ब ९० करोड ४० लाख रुपैयाँ, विविधतर्फ कम्पनीहरुले ४ अर्ब १४ करोड ३७ लाख रुपैयाँ, सामुद्रिकतर्फ २ अर्ब ३२ करोड ११ लाख रुपैयाँ, हवाईतर्फ २ अर्ब २६ करोड ५८ लाख रुपैयाँ, पशुपन्छी तथा कृषितर्फ १ अर्ब ५० करोड ८२ लाख रुपैयाँ र लघुतर्फ ८६ करोड ४८ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्। कुल व्यापारमा इन्जिनियरिङ र ठेक्काको १७.३१ प्रतिशत, विविधको १०.३९ प्रतिशत, सामुद्रिकको ५.८२ प्रतिशत, हवाईको ५.६८ प्रतिशत, पशुपन्छी तथा कृषिको ३.७८ प्रतिशत र लघुको २.१७ प्रतिशत हिस्सा रहेको छ।