IME Life New

७२ सालको भूकम्पपछि नेप्से परिसूचकले कति दिनमा बाउन्स ब्याक गर्यो ? (तथ्यांकसहित)

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । जेनजी आन्दोलनको करिब एक सातापछि खुलेको शेयर बजारमा बिहीबार ठूलो पहिरो गएको छ। नेप्से परिसूचक १६० अंकले घटेर २५०० को थोरै माथि क्षेत्रमा बजार बन्द भएको छ।

जेनजी आन्दोलनपश्चात एक साता बजार बन्द भयो। २०७२ साल वैशाख १२ गते नेपालमा गएको शक्तिशाली भूकम्पपछि नेपालमा शेयर कारोबार करिब १ महिना रोकिएको थियो।

Esewa
Crest

प्राकृतिक प्रकोप अथवा देशमा ठूलो संकट आउँदा खुलेको शेयर कारोबारमा ठूलो गिरावाट आएको यो पहिलो घटना भने होइन। २०७२ वैशाख १२ गतेको विनाशकारी भूकम्प जानुअघि नेप्से परिसूचक ९३८.१९ को विन्दुमा बन्द भएको थियो। भूकम्पपछि करिब १ महिना शेयर कारोबार हुन सकेन।

त्यसपछि बजार लगातार ४ दिनसम्म घटेको थियो। चौथो दिनसम्म नेप्से परिसूचक घटेर ८३७.८३ को विन्दुसम्म आइपुगेको थियो। भूकम्पपछि खुलेको बजार करिब ११ प्रतिशत घटेको थियो र त्यसपछि भने बजारले बुलिस प्रवृत्ति समातेको थियो।

भूकम्पपछि खुलेको बजार ४ दिन घट्दा करिब १०० अंक घटेको थियो र त्यसपछि बजार निरन्तर ९ दिन बढेको थियो। ८ दिनमै नेप्से परिसूचक १०७ अंकले वृद्धि भएर ४ दिनको घटाइलाई कभर गरेको थियो।

भूकम्पपछि नेपालको शेयर बजारले बुलिस प्रवृत्ति समात्यो र उक्त बुल १८०० माथि पुग्यो।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%
happy

खुसी

0%
sad

दु :खी

50%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS