IME Life New

ओम मेगाश्री फर्मास्युटिकल्सको आइपीओमा अन्तिम दिनसम्म कति पर्यो आवेदन ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । ओम मेगाश्री फर्मास्युटिकल्सको आइपीओ निष्कासनको अन्तिम दिनसम्म १६ गुणा बढीले ओभरसब्सक्राइब्ड भएको छ।

कम्पनीले गत फागुन २७ गतेदेखि सर्वसाधारणलाई आइपीओ बिक्री खुला गरेको छ। यो आइपीओमा हिजो चैत ३ गतेसम्म आवेदन दिन पाइने व्यवस्था गरिएको थियो।

Esewa
Crest

कम्पनीले आफ्नो जारी पुँजी ६० करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने १८ करोड रुपैयाँबराबरको १८ लाख कित्ता शेयर आईपीओ निष्काशन गर्ने अनुमति पाएको थियो। सोमध्ये १० प्रतिशतले हुन आउने १ करोड ८० लाख रुपैयाँबराबरको १ लाख ८० हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरी बाँडफाँट गरिसकेको छ।

कम्पनीले ५४ हजार कित्ता कम्पनीका कर्मचारी र ९० हजार कित्ता सामूहिक लगानी कोषहरुलाई बाँडफाँट गरिसकेको छ। दोस्रो चरणमा कम्पनीले सर्वसाधारणका लागि १४ लाख ७६ हजार कित्ता साधारण शेयर निष्कासन गरेको थियो।

सीडीएससीका अनुसार अन्तिम दिनसम्म यो आइपीओमा १८ लाख ८८ हजार ८३६ आवेदकबाट २ करोड ३६ लाख ९१ हजार ५१० कित्ता शेयरका लागि खरिद आवेदन परेको छ। जुन मागभन्दा १६.०५ गुणाले बढी हो।

मागभन्दा बढी आवेदन परेकै कारण यो आइपीओ गोलाप्रथाबाट बाँडफाँट हुनेछ। जसमा भाग्यमानी १ लाख ४७ हजार ६०० आवेदकले १० कित्ताका दरले शेयर पाउनेछन्।

कम्पनीको धितोपत्र बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS