काठमाडौं । आज अन्तिम दिन होटल फरेस्ट इन लिमिटेडको आइपीओमा माग भन्दा झन्डै ८ गुणा बढी आवेदन परेको छ । कम्पनीले १ सय रुपैयाँ अंकित मूल्यका ३३ लाख २० हजार कित्ता शेयरको लागि आवेदन माग गरेको थियो । अन्तिम दिनसम्ममा २३ लाख ३० हजार ८६ आवेदनकर्ताबाट २ अर्ब ६३ करोड ६० लाख ५० हजार रुपैयाँ बराबरको २ करोड ६३ लाख ६० हजार ५ सय कित्ताका लागि आवेदन परेको हो ।
कम्पनीको शेयर निष्काशक तथा बिक्री प्रबन्धकमा एनआईसी एसिया क्यापिटल रहेको छ । धितोपत्र बोर्डको हरेक लगानीकर्ताले १० कित्ता शेयर पाउने नीति अनुसार ३ लाख ३२ हजार लगानीकर्ताले शेयर पाउने छन् भने १९ लाख ९८ हजार ८६ जनाको हात खाली रहनेछ ।
कम्पनीले माघ २२ गतेदेखि सर्वसाधारणका लागि १०० रुपैयाँ अंकित दरका कुल ३३ लाख २० हजार कित्ता आइपीओ जारी गरेको थियो । होटलले सामूहिक लगानी कोषका लागि २ लाख कित्ता र आफ्ना कर्मचारीका लागि ८० हजार कित्ता छुट्याएको छ।












