IME Life New

आज अन्तिम दिन सागर डिस्टिलरीको आइपीओमा कति पर्यो आवेदन ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सागर डिस्टिलरीको आइपीओमा आज अन्तिम दिन साढे २३ लाख बढीले आवेदन दिएका छन् । सीडिएसको आज ५ः०७ बजेसम्मको तथ्याङक अनुसार अन्तिम दिनसम्म सो आइपीओमा २३ लाख ५२ हजार ४९३ जना आवेदकले २ अर्ब ६५ करोड १ लाख १५ हजार रुपैयाँ बराबरको २ करोड ६५ लाख १ हजार १५० कित्ताका लागि आवेदन दिएका हुन् ।

कम्पनीले सर्वसाधारणका लागि गत भदौ ३० गते आइपीओ बिक्री खुला गरेको थियो। कम्पनीले जारी पुँजी ७२ करोड ६० लाख रुपैयाँको २० प्रतिशतले हुन आउने १४ करोड ५२ लाख रुपैयाँ बराबरको १४ लाख ५२ हजार कित्ता आइपीओ निष्कासन गर्ने अनुमति पाएको हो । सोमध्ये १० प्रतिशतले हुन आउने १ लाख ४५ हजार २०० कित्ता शेयर विदेशमा रोजगारी गरिरहेका नेपालीका लागि निष्कासन गरी बाँडफाँट गरिसकेको छ।

Esewa
Crest

कम्पनीले ५ प्रतिशत अर्थात ७२ हजार ६०० कित्ता शेयर सामूहिक लगानी कोषहरुमा बाँडफाँड गरिसकेको छ भने ४३ हजार ५६० कित्ता शेयर कम्पनीमा कार्यरत कर्मचारीका लागि सुरक्षित गरेको छ। कम्पनीले सर्वसाधारणका लगानीकर्ताका लागि ११ करोड ९० लाख ६४ हजार रुपैयाँबराबरको १०० रुपैयाँ अंकित दरका कुल ११ लाख ९० हजार ६४० कित्ता शेयर निष्कासन गरेको हो ।

कम्पनीको आइपीओ बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS