IME Life New

शेयर ब्रोकरहरुबीच मर्जरपछि कसरी हुन्छ एकीकृत कारोबार ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल धितोपत्र बोर्डले शेयर ब्रोकरहरुको मर्जरका लागि निर्देशिका तयार पारेर लागू गरिसकेको छ। यो निर्देशिका लागू भइसकेपछि न्यूनतम चुक्तापुँजी पुर्याउन सकसमा परेका ब्रोकहरु एक-आपसमा मर्ज हुन सक्ने बाटो खुलेको छ।

धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावलीमा गरिएको चौथो संशोधनमार्फत सीमित कार्य गर्ने ब्रोकरको न्यूनतम चुक्तापुँजी २० करोड रुपैयाँ र पूर्ण कार्य गर्ने ब्रोकरको ६० करोड रुपैयाँ तोकिएको छ। यो न्यूनतम चुक्तापुँजी २०८२ असार मसान्तसम्मको समयसीमा रहेको छ।

Esewa
Crest

सीमित कार्य गर्ने ब्रोकरले न्यूनतम चुक्तापुँजी २० करोड पुर्याउने योजना पेस गर्न धितोपत्र बोर्डले पुस मसान्तसम्म समय दिएको थियो। धितोपत्र बोर्डले पुराना ३८ वटा ब्रोकरलाई क्यापिटल प्लान पेस गर्न पत्र नै काटेको थियो।

ती ३८ वटामध्ये २ दर्जन बढी ब्रोकरले न्यूनतम चुक्तापुँजी कायम गर्नका लागि मर्जर जाने वा बोनस शेयर तथा हकप्रद शेयर जारी गर्ने भनेर धितोपत्र बोर्डमा क्यापिटल प्लान पेस गरेका थिए। योसँगै धितोपत्र बोर्डले धितोपत्र व्यवसायी गाभ्ने, गाभिने वा प्राप्ति गर्नेसम्बन्धी निर्देशिका, २०८१ तयार पारेर लागू गरेको हो। यसअघि ब्रोकरको मर्जरसम्बन्धी छुट्टै निर्देशिका थिएन।

मर्जरमा जान चाहने ब्रोकरले निर्देशिकाबमोजिम विभिन्न चरण पार गरी धितोपत्र बोर्डको अन्तिम स्वीकृति लिनुपर्ने प्रावधान रहेको छ। धितोपत्र बोर्डको स्वीकृतिपछि ब्रोकरबीचको मर्जरले अन्तिम रुप लिनेछ।

निर्देशिकामा मर्जरपछि ब्रोकरको एकीकृत कारोबारसम्बन्धी स्पष्ट व्यवस्था गरिएको छ। ब्रोकरले कम्पनीसम्बन्धी प्रचलित कानुनबमोजिम धितोपत्र बोर्डबाट एकीकृत व्यावसायिक कारोबारको स्वीकृति प्राप्त गर्नुपर्छ। त्यसपछि एकीकृत कारोबार गर्ने मिति तय गरेर धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज (नेप्से) र सीडीएससीलाई जानकारी दिनुपर्छ।

एकीकृत कारोबार सुरु गर्नुअघि मर्जरमा गएका ब्रोकरको धितोपत्रको पुल एकाउन्टमा रहेको धितोपत्र राफसाफ भइसकेको हुनुपर्ने व्यवस्था निर्देशिकामार्फत गरिएको छ। एकीकृत कारोबारअघि मर्जरपछि बनेको ब्रोकरमार्फत मात्र कारोबार हुने गरी टीएमएसको व्यवस्था मिलाउनुपर्नेछ।

एकीकृत कारोबार सुरु गर्नुअघि सीडीएससीले मर्जरपछि कायम भएको ब्रोकरमार्फत हितग्राही खाता खोल्ने व्यवस्था मिलाउनुपर्छ। सीडीएससीले एकीकृत कारोबार सुरु भएपछि सोभन्दा अगाडि कायम रहेको हितग्राही खाता मर्जरपछि कायम ब्रोकरको खातामा रहने व्यवस्था मिलाउनुपर्ने निर्देशिकामा व्यवस्था गरिएको छ।

निर्देशिकामा कारोबार रोक्कासम्बन्धी व्यवस्था

मर्जर प्रयोजनका लागि सम्बन्धित ब्रोकरले धितोपत्र बोर्डको स्वीकृतिमा धितोपत्रको कारोबार रोक्का गर्न सक्नेछन्। यसका लागि ब्रोकरले ३ कार्यदिन अगाडि नै धितोपत्र बोर्डलाई जानकारी दिनुपर्नेछ।

त्यसपअघि धितोपत्र बोर्डले त्यस्ता ब्रोकरको धितोपत्रको कारोबार रोख्न राख्न आवश्यक देखेमा अवधि तोकी रोक्का राख्न स्वीकृति प्रदान गर्न सक्नेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

100%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS