IME Life New

बीमा धोखाधडीमा ‘एआई इमेज’ कसरी प्रयोग भइरहेका छन् ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कृत्रिम बुद्धिमत्ता (एआई)बाट निर्मित बीमा दाबीहरुमा नक्कली नम्बर प्लेट, बनावटी घडी र अतिरञ्जित क्षति सबै फेला परेको छ। कार्डिफमा रहको बीमा कम्पनी एडमिरलले आंशिक रुपमा प्रमाण हेरफेर गर्न एआई सफ्टवेयरको बढ्दो प्रयोगको कारणले सन् २०२५ मा अघिल्लो वर्षको तुलनामा ठगीमा ७१ प्रतिशत वृद्धि भएको प्रतिवेदन सार्वजनिक गरेको छ।

बीमा ठगी ब्युरोका अनुसार उद्योग एआईबाट निर्मित बीमा दाबीहरुका बारेमा ‘धेरै चिन्तित’ छ र यो खतरासँग लड्न ‘प्रविधिमा लगानी’ गरिरहेको छ। यदि ग्राहकले बीमा दाबी बनावटी वा बढाइचढाइ गर्छन् भने तिनीहरुको दाबी अस्वीकार हुने, तिनीहरुको पोलिसी रद्द हुने र मुद्दा चल्ने जोखिम हुन्छ। ‘यो बीमा उद्योगभरि एक प्रवृत्ति हो’, एडमिरलको घरायसी बीमा दाबी टोलीका ह्याथले भने, ‘हामी देख्छौँ कि कहिल्यै अस्तित्वमा नभएका कागजातहरु सिर्जना र बनावट गर्न पनि एआई इमेजहरुलाई विशेष तरिकाले क्षतिग्रस्त देखाउनका लागि परिवर्तन गर्न प्रयोग गरिएको छ।’

Esewa
Crest

तिनीहरुको कामको प्रकृतिका कारण बीबीसी वेल्सलाई कर्मचारीहरुको थर प्रयोग नगर्न भनिएको थियो। सम्पूर्ण बीमा उद्योगले ग्राहक र संगठित अपराध गिरोह दुवैलाई एआईले निम्त्याएको खतरासँग लड्न सँगै काम गरिरहेको छ।

बीबीसी वेल्ससँग साझा गरिएका कागजातहरुले कसरी एआई प्रयोग गरी इमेजहरु हेरफेर गर्न र कहिल्यै अस्तित्वमा नभएका वस्तुहरुको तस्बिरहरु सिर्जना गरिएको थियो भन्ने कुरा प्रकट गरेका छन्। यी सबै बीमा दाबीको भागका रुपमा एडमिरललाई पेस गरिएका थिए। तर, फर्मको ठगी टोलीले पत्ता लगाएको थियो।

बीमा दाबीमा सुन र हीरा घडीको इमेज समावेश छ। जुन स्पष्ट रुपमा एआईद्वारा सिर्जना गरिएको थियो। जब कि प्रविधि कारको पछाडिको क्षतिलाई बढाइचढाइ गर्न पनि प्रयोग गरिएको थियो।

अर्को उदाहरणमा कारको लाइसेन्स प्लेट परिवर्तन गरिएको थियो र बीमा दाबीको नक्कल गर्न पुनः स्थान दिइएको थियो। यी सबै प्रयास पत्ता लगाइएका थिए र दाबीहरु अस्वीकार गरिएका थिए।

एआईबाट प्रेरित ठगीमा वृद्धि भए पनि बीमा उद्योगले यसको पत्ता लगाउने प्रणालीहरुसँग प्रविधि मिलाउने प्रयास गरेको छ। ह्याथले भने, ‘ती उपकरण सजिलै उपलब्ध हुँदै जाँदा हामीसँग केही धेरै राम्रो एन्टी–फ्रड सफ्टवेयर पनि छ। जुन हामीले प्रयोग गर्छौं। जसले एआई पत्ता लगाउन सक्छ। केही छेडछाड गरिएको छ कि छैन भनेर पत्ता लगाउन सक्छ, र हामी बजारभरि त्यो पत्ता लगाउन धेरै राम्रो हुँदै गइरहेका छौँ।’

बीमा ठगी ब्युरोका जोन डेभिसका अनुसार ‘अवसरवादी’ ग्राहकले वास्तविक बीमा दाबीहरु बढाउन एआई प्रयोग गरिरहेका थिए। ‘तर, संगठित अपराध गिरोहहरुले पनि ‘नक्कली कागजातहरु’ सिर्जना गर्न यो प्रविधि प्रयोग गरिरहेका थिए। जसले उनीहरुको ठगीलाई अझ प्रभावकारी बनाउँछ’, उनले भने, ‘बीमा उद्योग यसबारे धेरै चिन्तित छ र प्रविधिमा लगानी गरिरहेको छ। यो द्रुत रुपमा परिवर्तन भइरहेको मुद्दा हो। तर, मलाई लाग्छ कि सकारात्मक कुरा भनेको उद्योगभित्रको सहकार्य हो। यो एक खतरा हो भनेर बुझ्दै तर एआईलाई सकारात्मक तरिकाले प्रयोग गर्न मद्दत गर्न हामी कसरी ज्ञान र उत्तम अभ्यासहरु साझा गर्न सक्छौँ भन्ने अवसरहरु पनि छन्।’

बीमा धोखाधडीसँग सम्बन्धित लागतहरु कभर गर्न सबैका लागि बीमा प्रिमियम बढ्दै जाँदा प्रणालीलाई ठगी गर्ने पक्राउ परेकाहरुले आपराधिक आरोपहरुको सामना गर्न सक्छन्। ‘परिणामहरु ठूलो छन्’, सम्भावित धोखाधडी दाबीहरुको मूल्यांकन गर्ने एडमिरलको टोलीको हिस्सा फ्लोराले भनिन्, ‘मलाई लाग्छ कि मानिसहरु प्रायः बुझ्दैनन् कि पछि के हुन सक्छ भन्ने परिणाम जीवन परिवर्तनकारी हुन सक्छ।’

फ्लोराका अनुसार सबैभन्दा खराब अवस्थामा यस्ता ठगीले आपराधिक दोषी ठहराउन सक्छ। ‘यसले तपाइँको जीवनलाई धेरै कठिन बनाउन सक्छ’, उनले भने, ‘त्यसैले यस्ता कार्यमा संलग्न हुनु हुँदैन।’ – ह्यु थोमस/बीबीसी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS