काठमाडौं । काठमाडौंमा भोलि वैशाख १२ गतेबाट अतिक्रमित जग्गाबाट घरटहरा भत्काइने भएको छ।
जिल्ला प्रशासन कार्यालयले एक सूचना जारी गर्दै यसबारे जानकारी गराएको हो। कार्यालयले आज साँझ ७ बजेसम्म अतिक्रमित जग्गाबाट घरटहरा हटाउन उर्दी जारी गरिसकेको छ।
भोलि बिहान ६ बजेदेखि घरटहराहरू भत्काउने र अतिक्रमित जग्गा पूर्ण रुपमा खाली गर्ने कार्य हुने प्रशासनले स्पष्ट पारेको छ। ‘त्यस कार्यमा कोही कसैले वाधा व्यवधान सिर्जना गर्ने कार्य गरेमा कानुनबमोजिम कडा कारबाही भई जानेछ’, प्रशासनले भनेको छ, ‘यस स्थानबाट उठाइएका सबै व्यक्ति तथा परिवारलाई सरकारले तोकेका विभिन्न बसोबासको आधारभूत न्यूनतम सुविधा प्राप्त स्थानहरुमा राखिनेछ।’
नदीकिनारका सार्वजनिक, सरकारी पर्ती जग्गाहरुमा वर्षौंदेखि अनधिकृत तवरबाट सार्वजनिक आवागमन र शहरी अति आवश्यक पूर्वाधारको निर्माण र नदीको बहाव समेतलाई प्रतिकूल प्रभाव पार्ने गरी एवं आफ्नो जीउ ज्यानसमेत जोखिममा पारी बसोबास गरेका सम्पूर्ण घरटहरामा रहेका व्यक्ति र यसरी बनेका घर टहरामा भाडामा बस्ने, पसल व्यवसाय सञ्चालन गर्ने जस्ता कार्य गरी आएका व्यक्तिको जानकारीका लागि यो अत्यन्त जरुरी सूचना जारी गरिएको प्रशासनले जनाएको छ।
यस्तो प्रशासनको सूचना













