IME Life New

प्रतिनिधिसभा निर्वाचनः ६ जिल्लामा रास्वपाको क्लिन स्विप, क-कसले फहराए जितको झन्डा ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवारले ४ जिल्लामा क्लिन स्विप गरेका छन्। रास्वपाका उम्मेदवार काठमाडौं, ललितपुर, भुक्तापुर, सिन्धुली, चितवन र झापाका सबै क्षेत्रमा विजयी भएका हुन्।

रास्वपाले काठमाडौंका १० वटै निर्वाचन क्षेत्रमा जित निकालेको हो। रास्वपाबाट काठमाडौं क्षेत्र नं. १ मा रञ्जु दर्शना, क्षेत्र नं. २ मा सुनील केसी, क्षेत्र नं. ३ मा राजुनाथ पाण्डे, क्षेत्र नं. ४ मा पुकार बम, क्षेत्र नं. ५ मा सस्मित पोखरेल, क्षेत्र नं. ६ मा शिशिर खनाल, क्षेत्र नं. ७ मा गणेश पराजुली, क्षेत्र नं. ८ मा विराजभक्त श्रेष्ठ, क्षेत्र नं. ९ मा डोलप्रसाद अर्याल र क्षेत्र नं. १० मा प्रदीप विष्ट विजय भएका छन्।

Esewa
Crest

ललितपुरका ३ वटै क्षेत्रमा रास्वपाका उम्मेदवार विजयी भएका छन्। ललितपुर क्षेत्र नं. १ मा बुद्धरत्न महर्जन, क्षेत्र नं. २ मा जगदीश खरेल र क्षेत्र नं. ३ मा तोसिमा कार्कीले जित निकालेका छन्।

उता भक्तपुर क्षेत्र नं. १ मा रास्वपाका उम्मेदवार रुकेश रञ्जित विजय हुँदा सोही पार्टीका राजीव खत्रीले क्षेत्र नं. २ बाट जित निकालेका छन्।

सिन्धुलीका दुवै क्षेत्रमा रास्वपका उम्मेदवार विजय भएका छन्। सिन्धुली क्षेत्र नं. १ बाट धनेन्द्र कार्की र सिन्धुली क्षेत्र नं. २ बाट आशिष गजुरी विजयी भएका छन्।

त्यस्तै चितवनका पनि ३ वटै क्षेत्रमा रास्वपाका उम्मेदवार विजयी भएका छन्। चितवन क्षेत्र नं. १ बाट हरि ढकाल, क्षेत्र नं. २ बाट पार्टी सभापति रवि लामिछाने र क्षेत्र नं. ३ बाट सोभिता गौतमले जित निकालेका छन्।

उता झापाका ५ वटै क्षेत्रमा रास्वपाकै उम्मेदवारले जितको झन्डा फहराएका छन्। झापा क्षेत्र नं. १ बाट निशा डाँगी, क्षेत्र नं. २ बाट इन्दिरा रानामगर, क्षेत्र नं. ३ बाट प्रकाश पाठक, क्षेत्र नं. ४ बाट शम्भुप्रसाद ढकाल र क्षेत्र नं. ५ बाट बालेन साह विजयी भएका छन्।

यो निर्वाचन सबैभन्दा बढी चर्चित क्षेत्र झापा क्षेत्र नं. ५ मा बालेन साहले नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पराजित गरेका हुन्। बालेनले ६८ हजार ३४८ मत ल्याउँदा ओलीले १८ हजार ७३४ मत प्राप्त गरेका छन्। बालेनले ओलीलाई ४९ हजार ६१४ मतान्तरले पराजित गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS