IME Life New

प्रतिनिधिसभा सदस्य निर्वाचन: सतक नाघ्यो घन्टीको अग्रता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत जारी मत गणनाको पछिल्लो प्रारम्भिक परिणामबमोजिम घन्टी चिह्नवाहक राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले १०० भन्दा बढी क्षेत्रमा अग्रता हासिल गरेको छ।

ताजा मत परिणामअनुसार रास्वपाले १०२ निर्वाचन क्षेत्रमा अग्रता हासिल गरेको छ। त्यसमध्ये काठमाडौं क्षेत्र नं. १ मा रास्वपा उम्मेदवार रञ्जु दर्शनाले विजयी हासिल गरिसकेकी छन् भने काठमाडौं क्षेत्र नं. ८ मा विराजभक्त श्रेष्ठ र ललितपुर क्षेत्र नं. ३ मा तोसिमा कार्की लगभग विजयी भइसकेका छन्।

Esewa
Crest

हाल १३७ क्षेत्रमा मत गणनाअनुसार रास्वपाले १०२ क्षेत्रमा अग्रता लिँदा कांग्रेसका उम्मेदवार १२ क्षेत्रमा अगाडि रहेका छन्।

त्यस्तै एमालेका उम्मेदवार ११ क्षेत्रमा र नेकपाका ९ क्षेत्रमा तथा राप्रपा, श्रम संस्कृति पार्टी, जसपा नेपाल र स्वतन्त्र गरी १–१ जना उम्मेदवारले अग्रता लिइरहेका छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS