IME Life New

होण्डा डिओ १२५ले ज्याङला पासमा बनायो नयाँ कीर्तिमान

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपालको सवारी साधन इतिहासमै पहिलो पटक कुनै स्कूटरले ५३०० मिटर उचाइमा अवस्थित ज्याङला पास (उपल्लो डोल्पा) सम्मको साहसिक यात्रा सफलतापूर्वक सम्पन्न गरेको छ । यो कीर्तिमानी यात्रा नेपाल एट्ठ वन्डर टोलीले स्याकार ट्रेडिङ कम्पनीको सहकार्यमा होण्डा डिओ १२५ स्कूटर मार्फत सम्पन्न गरेको हो ।

शहरी यात्राका लागि निर्मित स्कूटरले हिमाली भूपरिधिमा प्रवेश गरेर देखाएको प्रदर्शनीले नेपाली मोटर यात्राको सीमालाई नै पुनः परिभाषित गरिदिएको कम्पनीको भनाई छ । काठमाडौंदेखि डोल्पासम्मको यात्रा, जोमसोम, भेरोल, धो तराप हुँदै ज्याङला पाससम्म पुगेको यो मार्ग सहज थिएन । यात्रामा लगातार उकालो, ढुंगे बाटाहरू, खोला र बगर पार गर्दै, अक्सिजनको न्यूनता झेल्दै होण्डा डिओ १२५ ले कुनै ठूला यान्त्रिक समस्या विना यो यात्रा सम्पन्न गरेको हो ।

Esewa
Crest

यस असाधारण सफलता, स्कूटरमा समावेश १२३.९२ सीसी बीएस सिक्स इन्जिन, ईन्ह्यान्स्ड स्मार्ट पावर (ईएसपी), साइलेन्ट स्टार्ट विथ एसीजी, आईडेलिंग प्रणाली, कम्बाइन्ड ब्रेकिंग सिस्टम (सीबीएस) लगायतका अत्याधुनिक प्रविधिको परिणाम भएको कम्पनीको भनाइ छ । साथै, टेलिस्कोपिक फ्रन्ट सस्पेन्सन, थ्री–स्टेप एड्जस्टेबल रियर सस्पेन्सन, डिजिटल मिटर, यूएसबी चार्जिङ पोर्ट, र ठूलो बुट स्पेस जस्ता फिचरहरूले लामो र चुनौतीपूर्ण यो यात्रालाई सहज बनाएको नेपाल एट्ठ वन्डरले जनाएको छ ।

नेपाल एट्थ वन्डर टोलीका अनुसार, यो यात्रा केवल स्कूटरको क्षमता परीक्षण मात्र थिएन, यो एक प्रेरणादायी सन्देश पनि हो । तिनले भने, “यदि तपाईंको साथमा सही सोच, समर्पित टोली र एक भरोसायोग्य सवारी छ भने, कुनै पनि दुर्गम गन्तव्य टाढा हुँदैन । “ तिनका अनुसार, यो यात्रा नेपाली मोटरिंग इतिहासकै एक प्रेरक अध्याय बन्न पुगेको छ । होण्डा डिओ १२५ अब केवल सिटी स्कूटर नभएर, गन्तव्य भन्दा पर पुग्न तयार ‘मिशन कम्प्लीट’ सवारी प्रमाणित भएको छ ।

स्याकार ट्रेडिङ कम्पनीले विगत ५७ वर्षदेखि जापानको होण्डा मोटर कम्पनीको नेपालका लागि आधिकारिक वितरक हो । स्याकार ट्रेडिङ कम्पनीले यो सफलतालाई नेपाली भूगोल, साहसिकता र होण्डाको विश्वस्त इन्जिनियरिङको सम्मिश्रणका रूपमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS