IME Life New

तराई-मधेशका सिडिओ र स्थानीय तहका प्रमुखसँग गृहमन्त्रीको ‘भर्चुअल मिटिङ’

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । गृहमन्त्री रमेश लेखकले विपद् संकटग्रस्त क्षेत्र घोषित मधेश प्रदेशसहित तराई-मधेशका प्रमुख जिल्ला अधिकारीहरुसँग डिप बोरिङ र ट्युबवेल जडान गर्ने स्थानको पहिचानका लागि समन्वय गर्न निर्देशन दिएका छन् ।

संकटग्रस्त क्षेत्र घोषणा पछि राहतका कार्यक्रम सञ्चालनको विषयमा शनिबार राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणद्वारा ‘भर्चुअल’ रुपमा आयोजित समन्वयात्मक बैठकमा मन्त्री लेखकले  स्थानीय तहका प्रमुख, अध्यक्ष र प्रमुख जिल्ला अधिकारीहरु अन्तरकृया गरेका हुन् ।

Esewa
Crest

बैठकमा उनले खानेपानी र सिंचाईको समस्या भएका स्थानका साथै प्राथमिकताका आधारमा डिप ट्युबवेल र डिप बोरिङ जडान गर्ने स्थानहरुको पहिचान गर्ने कार्यका लागि समन्वय र सहजीकरणका लागि प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन दिएका छन्।

मन्त्री लेखकले पानीको स्रोत नभएका वा सुकेका स्थानमा ट्याङ्करबाट पानी वितरणलाई निरन्तरता दिनुपर्ने बताउँदै यसका लागि सुरक्षा निकायसहित निजी क्षेत्रका ट्याङ्करको समेत उपयोग गर्न पनि निर्देशन दिएका छन् । उनले भने, ‘सरकारी कार्यालय, विद्यालय, अस्पताल, गैरसरकारी संस्थाका कार्यालयमा पानीको स्रोत रहेको छ भने पानी खानका लागि तिनको पनि उपयोग गरियोस्।’
विपद् संकटको अवस्थाको फाइदा उठाएर कसैले कार्टेलिङ र कालोबजारी गर्नसक्ने भएकोले सख्त अनुगमन गर्न मन्त्री लेखकले सुरक्षा निकायलाई निर्देशन पनि दिए।
बैठकका अध्यक्ष एवं प्राधिकरणका कार्यकारी प्रमुख इ. दिनेश प्रसाद भट्टले राष्ट्र संघीय निकायहरु, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरु र रेडक्रसलाई आफ्ना कार्यक्रमहरु आवश्यकता अनुसार परिमार्जन गरी मधेशमा केन्द्रित गर्न अनुरोध गरेको अवगत गराए।
बैठकमा मधेश प्रदेशलगायत सुक्खाग्रस्त जिल्लाका स्थानीय तहका मेयर,अध्यक्ष र प्रमुख जिल्ला अधिकारीहरुले आफ्ना स्थानीय तह एवं जिल्लाको अवस्थासहित समस्या समाधान गर्न भइरहेका पहलहरुबारे जानकारी गराएका थिए।
नेपाल सरकार मन्त्रिपरिषद्ले साउन ८ गते मधेश प्रदेशभर तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ।
पानीको स्रोत तथा मुहानहरु सुकी खानेपानी तथा सिंचाई कार्यमा समस्या उत्पन्न भएपश्चात असार २६ गते मधेश प्रदेश सरकारले मधेश प्रदेशलाई सुक्खाग्रस्त क्षेत्र घोषणा गरेको थियो।
मधेश प्रदेशमा यसवर्ष वर्षाको माैसममा समेत पानी नपरेपछि खडेरी परेको छ। किसानको खेतबारीमा धाँजा फाँटेकाले धानबालीको बिउ सुकेर मरेको छ।
मधेश प्रदेशको अवस्थाबारे जानकारी लिन शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले सुख्खाग्रस्त क्षेत्रमा हवाई भ्रणम गरेका थिए। उनले तत्काल राहतका लागि सुख्खाग्रस्त क्षेत्रमा ५०० थान डिपबोरिङ जडान गरिने घोषणा समेत गरे।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

100%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS