IME Life New
GBIME

क्यालिफोर्नियाका यी सहरमा घरधनीको आम्दानीभन्दा दोब्बरले बढ्यो घर बीमाको शुल्क

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । अमेरिकाका क्यालिफोर्निया राज्यका केही सहरमा घरधनीको आम्दानीभन्दा दोब्बरले घर बीमाको शुल्क (प्रिमियम) बढेको पाइएको छ।

जिल्लोले हालै गरेको अनुसन्धानबाट यस्तो देखिएको हो। जिल्लोको अनुसन्धान प्रतिवेदनअनुसार क्यालिफोर्नियाका स्क्रोमेन्टो र सान डिइगो सहरमा घरधनीको आम्दानीभन्दा दोब्बरले घर बीमाको प्रिमियम बढेको हो। अन्य ३ सहर लस एन्जलस, रिभरसाइड, सान फ्रान्सिसको र सान जोसमा पनि घरधनीको आम्दानीभन्दा घर बीमाको प्रिमियम अचाक्ली बढेको पाइएको प्रतिवेदनमा उल्लेख छ।

Crest

सन् २०१९ यता अमेरिकामा घर बीमाको प्रिमियम औसतमा ३८ प्रतिशतले बढेको छ। जब कि यही अवधिमा घरधनीको आम्दानी भने २२ प्रतिशतले मात्रै बढेको छ।

प्रतिवेदनअनुसार पछिल्लो ५ वर्षमा स्क्रामेन्टो सहरमा घर बीमाको प्रिमियम ५४ प्रतिशतले बढेको छ। जब कि घरधनीको आम्दानी २४ प्रतिशतले मात्र बढेको छ। यो हिसाबले घरधनीको आम्दानीभन्दा घर बीमाको प्रिमियम दोब्बर बढीले बढेको छ।

यसैगरी पछिल्लो ५ वर्षमा सान डिइगो सहरमा घरधनीको आम्दानी २४ प्रतिशतले बढ्दा घर बीमाको प्रिमियम ४८ प्रतिशतले बढेको छ।

क्यालिफोर्नियाको लस एन्जलसमा घरधनीको आम्दानी २४ प्रतिशत, रिभरसाइडमा २३ प्रतिशत, सान फ्रान्सिसकोमा १९ प्रतिशत र सान जोसमा २४ प्रतिशतले बढेको छ। यी सहरमा घर बीमाको प्रिमियम भने क्रमशः ४४ प्रतिशत, ४३ प्रतिशत र ४२ प्रतिशतले बढेको छ।

यी सबै सहरमा डढेलोको उच्च जोखिममा छन्। जसका कारण धेरै बीमा कम्पनीले ती सहरमा घर बीमा गर्न छाडेका छन्। बीमा गरिहाले पनि कम्पनीहरुले उच्च प्रिमियम लिने गरेका छन्।

केही समयपछि क्यालिफोर्नियाका विभिन्न सहरमा डढेलो हजारौँ घर तथा संरचना ध्वस्त पारेको थियो। त्यसयता बीमा कम्पनीहरुले घर बीमाको प्रिमियम १० प्रतिशतदेखि २० प्रतिशतसम्म बढाएका छन्।

अझै पनि ती सहरका थुप्रै घर बीमाको रक्षावरणबाट बाहिर रहेका छन्। क्यालिफोर्निया राज्यले घर बीमाका लागि योजना ल्याए पनि घरधनीहरु बीमा हिच्किचाइरहेका छन्। –एजेन्सी

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS