IME Life New

शेयर बजार १६० अंकले घट्दा हिम स्टार कम्पनीमा सकारात्मक सर्किट

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज शेयर बजारमा पहिलो गएको छ । आज शेयर बजार नेप्से परिसूचक १६० अंकले घटेर २५११ को विन्दुमा कायम भएको छ । आज बजारमा तेस्रो नकारात्मक सर्किट लागेसँगै आजका लागि बजार बन्द भएको हो ।

जेन्जी आन्दोलनको नराम्रो असर शेयर बजारमा देखिएको हो । सरकार परिवर्तनपछि खुलेको पहिलो दिन नियमित बजार खुलेको २ मिनेटमै नेप्से ४ प्रतिशत घटेपछि पहिलो नकारात्मक सर्किट लागेर शेयर कारोबार २० मिनेटको लागि स्थगित भएको थियो।

Esewa
Crest

पहिलो नकारात्मक सर्किट लागेपछि ११ बजेर २२ मिनेटमा खुलेको बजारमा फेरि नेप्से ११ बजेर २३ मिनेटमा ५ प्रतिशत घटेर दोस्रो नकारात्मक सर्किट लागेको थियो भने अहिले १२ बजेर ३ मिनेटमा खुलेको नेप्से ६ प्रतिशतले घटेर दिनभरिका लागि बजार बन्द भएको हो ।

आज ९ कम्पनकिो शेयर मूल्य बढेको छ भने २१७ कम्पनीको शेयर मूल्य घटेको छ । आज १७ लाख ५२ हजार कित्ता शेयर किनबेच हुँदा ७२ करोड ८७ लाख रुपैयााको शेयर कारोबार भएको छ । आज २२ वटा कम्पनीको शेयर मूल्यमा नकारात्मक सर्किट लाग्दा हिम स्टार कम्पनीको शेयरमा मात्रै सकारात्मक सर्किट लागेको हो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS