IME Life New

हिम स्टार ऊर्जा कम्पनी घाटामा, ईपीएस पनि ऋणात्मक

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । हिम स्टार ऊर्जा कम्पनीले चालु आर्थिक वर्ष २०८२।८३ को दोस्रो त्रैमास (साउन–पुस)सम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

कम्पनीले चालु आर्थिक वर्षको पहिलो ६ महिनामा १ करोड ८ लाख रुपैयाँ घाटा व्यहोरेको छ। अघिल्लो आर्थिक वर्ष २०८१।८२ को पुससम्म कम्पनीले करिब ६ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो।

Esewa
Crest

चालु वर्षको पुससम्म कम्पनीले उत्पादन बिक्रीबापत १० करोड ५७ लाख रुपैयाँ आम्दानी गरेको छ। जुन अघिल्लो वर्षको यही अवधिको तुलनामा २१.९८ प्रतिशतले बढी हो। अघिल्लो वर्ष कम्पनीले विद्युत बिक्रीबाट ८ करोड ६७ लाख रुपैयाँ आम्दानी गरेको थियो।

समीक्षा अवधिमा उत्पादन बिक्री खर्च ५ करोड ९१ लाख रुपैयाँ र प्रशासनिक खर्च ४३ लाख ४ हजार रुपैयाँ भएको छ।

चुक्तापुँजी ३७ करोड ३० लाख रुपैयाँ रहेको कम्पनीको अन्य इक्विटी १ करोड ७५ लाख रुपैयाँले ऋणात्मक रहेको छ। अघिल्लो वर्ष पनि यही अवधिमा अन्य इक्विटी २१ लाख ५३ हजार रुपैयाँले ऋणात्मक थियो।

कम्पनीको वार्षिकीकृत प्रतिशेयर आम्दानी (ईपीएस) ११.६८ रुपैयाँले ऋणात्मक रहेको छ भने प्रतिशेयर नेटवर्थ ९५.३१ रुपैयाँ रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS