IME Life New

हिमालयन लघुवित्तद्वारा व्यवस्थापकीय क्षमता विकास तालिम सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेड (हिमालयन बैंक लिमिटेडको सहायक कम्पनी) ले व्यवस्थापकहरुको क्षमता अभिवृद्धि गर्ने अभिप्रायले म्यानेजरियल स्किल डेभलपमेन्ट ट्रेनिङ कार्यक्रम सम्पन्न गरेको छ । २०८२ बैशाख ३१ देखि जेठ २ गते सम्म कुटी रिसोर्ट, पोखरामा सञ्चालन भएको उक्त कार्यक्रममा संस्थाका सम्पूर्ण शाखा प्रमुख, क्लस्टर प्रमुख र केन्द्रीय कार्यालयका कर्मचारी सहित करिब १०० जनाको सहभागिता रहेको थियो ।

तालिम कार्यक्रमको उद्घाटन गर्दै संस्थाका प्रमुख कार्यकारी अधिकृत विनोद आचार्यले संस्थाले हासिल गरेको प्रगति तथा नतिजा कर्मचारीहरुकै मिहेनतको परिणाम भएकोले संस्थाका सम्पूर्ण कर्मचारीहरुलाई धन्यवाद सहित बधाई दिंदै नेपालमा लघुवित्त संस्थाहरुले प्रभावकारी रुपमा आफ्ना सेवाहरु प्रदान गरिरहेको परिवेशमा विगत केही वर्षदेखि लघुवित्त क्षेत्रमा देखिदै आएको विविध खालको असहज परिस्थितिको बाबजुद पनि विचलित नभईकन ग्राहकलाई सर्वोपरी मानि आफ्नो सेवाहरु उच्च मनोबलका साथ निरन्तररुपमा प्रदान गर्दै आफनो कार्यसम्पादन गर्न निर्देशन दिए ।

Esewa
Crest

यस वित्तीय संस्थाले लघुवित्त बजारमा आफनो बलियो उपस्थिती जनाएको र यसको सम्पूर्ण श्रेय संस्थामा कार्यरत सम्पूर्ण कर्मचारीहरुमा जाने बताउंंदै भविष्यमा समेत आवश्यकताको पहिचान गरी कर्मचारीहरुलाई यस संस्थाबाट तालिमहरु प्रदान गर्दै जाने योजना रहेको बताए ।

तालिम समापन कार्यक्रममा संस्थाका सञ्चालक समितिका अध्यक्ष बिजय मान नकर्मी तथा सञ्चालकहरुले सहभागीहरुलाई आवश्यक मार्गनिर्देशन सहित तालिमको विषयवस्तुहरुमा सिकेका कुराहरुको जानकारी लिई सहभागीहरुलाई प्रमाणपत्र वितरण गरेका थिए ।

सञ्चालक समितिका अध्यक्ष बिजय मान नकर्मीले आर्थिक वर्ष २०८०/८१ मा उत्कृष्ट कार्यसम्पादन गर्न सफल शाखा कार्यालयहरुलाई पुरस्कृत गरेका थिए । संस्थाले हासिल गरेको प्रगतिमा कर्मचारीहरुको महत्वपूर्ण योगदान रहेकोमा धन्यवाद व्यक्त गर्दै आगामी दिनमा संस्थाको थप उन्नती र प्रगतिको लागि लघुवित्त क्षेत्रमा हाल देखा परेका चुनौतिहरुबाट विचलित नभईकन दत्तचित्त भएर कार्य गर्न तथा तालिममा प्राप्त भएका ज्ञानहरु आफुमातहतका कर्मचारीलाई सिकाउने र ब्यवहारमा उतार्नको लागि निर्देशन दिनुहुँदै आगामी दिनको लागि शुभकामना व्यक्त गरे ।

राष्ट्रियस्तरको कार्यक्षेत्र भएको यस संस्थाले ७५ शाखा कार्यालयहरु मार्फत ७९ हजार भन्दा बढी सदस्यहरुलाई लघुवित्तीय सेवाहरु प्रदान गर्दै करिब रु. १ अर्ब ५ करोड बचत संकलन गरी करिब रु. ४ अर्ब ८८ करोड लगानी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS