IME Life New

हिमालयन लाइफका गोल्ड स्टार एजेन्सी म्यानेजर ढकाल बने २०२६का लागि सीओटी

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीका सिनियर एजेन्सी म्यानेजर बिमल ढकाल सन् २०२६ का लागि सीओटी बन्न सफल भएका छन् । उनले २०२६का लागि मिलियन डलर राउण्ड टेबल (एमडीआरटी) अन्तर्गत कोट अफ दि टेबल (सीओटी) को लक्ष्य पुरा गरेका हुन् ।

२०६९ सालबाट इन्स्योरेन्स क्षेत्रमा प्रवेश गरेका ढकालले १३ वर्षभित्र बीमा क्षेत्रमा थुप्रै प्रगति गरेका छन् । उनी हिमालयन लाइफबाट पाचौं पटक नेपाल पट, बीमा रत्न,एक पटक टीओटी, २ पटक सीओटी, ८ पटक एमडीआरटीका लक्ष्य हासिल गर्दै फेरि पनि २०२६ का लागि सीओटी बन्न सफल भएका हुन् । विभिन्न बाधा र चुनौतिलाई छिचोल्दै प्रतिकूल अवस्थाका बावजुद पनि उनले यो सफलता हात पार्न सफल भएका हुन् । यो सफलता कम्पनी र सिंगो बीमा बजारका लागि उत्प्रेरणा पनि हो ।

Esewa
Crest

नेपालगंज शाखालाई मुल कर्मथलो बनाउँदै देशैभरिबाट बीमा व्यवसाय गर्दै आएका सफल,अब्बल, र चर्चित व्यवसायीको रुपमा आफ्नो परिचय बनाएका ढकाल हिमालय लाइफका एक मात्र गोल्ड स्टार एजेन्सी म्यानेजर पनि हुन् । उनले बीमा क्षेत्रमा प्रवेश गरेदेखि नै राम्रो कार्य प्रदर्शन गर्दै आइरहेका छन् । उनी दर्जनौं बढी संघ सस्थामा आवद्व छन् । सामाजिक अभियन्ता, कुशल लिडर अनी यस कम्पनीका हिमालयन स्टार समेत हुन् ।

हिमालयन लाइफ जस्तो प्रतिष्ठित बीमा कम्पनीमा काम गरी विभिन्न लक्ष्य हासिल गर्दै अगाडी बढ्न पाउँदा आफु निकै उत्साहित रहेको उनले बताए । साथै, आफ्नो परिवार तथा वर्तमान परिस्थतीमा बढ्दो बीमाको आवश्यक्तालाई महसुस गर्दै यस क्षेत्रमा उत्कृष्ट कार्य गर्ने प्रतिबद्धता समेत उनले जाहेर गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS