IME Life New

हिमालयन लाइफको कोष प्रवर्द्धनमा म्युचुअल फन्ड आउँदै, धितोपत्र बोर्डसँग माग्यो अनुमति

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीको कोष प्रवर्द्धनमा ४ अर्ब रुपैयाँबराबरको म्युचुअल फन्ड आउने भएको छ।

योजना व्यवस्थापक हिमालयन इन्भेस्टमेन्ट बैंकरले साउने १ गते नेपाल धितोपत्र बोर्डमा निवेदन दिँदै ‘एचएलआई लार्ज क्याप फन्ड’ नामक म्युचुअल फन्डका इकाइहरु जारी गर्न अनुमति मागेको हो। यो योजना हिमालयन लाइफ इन्स्योरेन्स म्युचुअल फन्डअन्तर्गत सञ्चालित हुनेछ।

Esewa
Crest

धितोपत्र बोर्डले अनुमति दिएपछि हिमालयन इन्भेस्टमेन्ट बैंकरले यस योजनाको १० रुपैयाँ अंकित दरका कुल ४० करोड इकाइको सार्वजनिक निष्कासन गर्नेछ। यो बन्दमुखी योजना हो।

धितोपत्र बोर्डले अनुमति दिएमा जीवन बीमकबाट आउने यो दोस्रो म्युचुअल फन्ड हुनेछ। यसअघि रिलायबल नेपाल लाइफले म्युचुअल फन्ड ल्याइसकेको छ। जीवन बीमा क्षेत्रमा यो हालसम्मकै ठूलो म्युचुअल फन्ड पनि हो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS