IME Life New

बाढी पीडितको सहयोगका लागि हिमालयन लाइफ कर्मचारी संगठनको पहलमा रक्तदान कार्यक्रम सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । रसुवामा आएको बाढी तथा पहिरोबाट प्रभावित पीडितहरूको सहयोगार्थ हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेड कर्मचारी संगठनको पहलमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

विपद्को यस कठिन घडीमा पीडितहरूको सहयोग तथा मानवीय सेवामा योगदान पुऱ्याउने उद्देश्यले कर्मचारी संगठनले रक्तदान कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा हिमालयन लाइफ इन्स्योरेन्समा कार्यरत कर्मचारीहरूको उत्साहजनक सहभागिता रहेको थियो ।

Esewa
Crest

रक्तदान कार्यक्रममा सहभागी कर्मचारीहरूले प्राकृतिक विपद्का कारण प्रभावित भएका नागरिकको जीवनरक्षा तथा सहयोगका लागि आफूहरूले सक्दो योगदान गर्नुपर्ने बताएका थिए । उनीहरूले रक्तदानमार्फत विपद्‌को समयमा मानवीय सेवाप्रतिको आफ्नो प्रतिबद्धता समेत प्रस्तुत गरेका छन् ।

हिमालयन लाइफ कर्मचारी संगठनका अध्यक्षले विपद्को समयमा पीडितहरूको साथमा उभिनु सबैको सामाजिक दायित्व भएको बताउँदै मानवीय सेवाका यस्ता कार्यलाई निरन्तरता दिइने बताए । उनले रक्तदान जीवनदान भएकाले कर्मचारीहरूलाई सामाजिक सेवाका गतिविधिमा सक्रिय सहभागिता जनाउनसमेत आग्रह गरे ।

कर्मचारी संगठनको पहलमा गरिएको उक्त रक्तदान कार्यक्रमले विप‌द्मा परेका नागरिकप्रति ऐक्यबद्धता, सामाजिक उत्तरदायित्व र मानवीय सेवाको भावनालाई थप बलियो बनाएको छ ।

हिमालयन लाइफ इन्स्योरेन्स कर्मचारी संगठनले आगामी दिनमा पनि सामाजिक तथा मानवीय सेवासँग सम्बन्धित विभिन्न कार्यक्रमहरूलाई निरन्तरता दिने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS