IME Life New

हिमालयन एभरेष्ट इन्स्योरेन्सको नाफा करिब सवा ५३ करोड, ५७.८८%ले बढ्यो खुद बीमाशुल्क

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्सले गत आर्थिक वर्ष २०८१।८२ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

वित्तीय विवरणअनुसार कम्पनीले समीक्षा वर्षमा ५३ करोड २३ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्ष २०८०।८१ मा कम्पनीले ५० करोड २४ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। अघिल्लो आर्थिक वर्षको तुलनामा समीक्षा वर्षमा कम्पनीको नाफा ५.९५ प्रतिशतले बढेको छ।

Esewa
Crest

गत आर्थिक वर्षमा कम्पनीको विशेष जगेडामा १ अर्ब ९३ करोड ३७ लाख रुपैयाँ, महाविपत्ति कोषमा ८ करोड ३२ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा ३३ करोड ३५ लाख रुपैयाँ र अन्य इक्विटीमा ४० करोड ८२ लाख रुपैयाँ रहेको छ। अघिल्लो आर्थिक वर्षमा विशेष जगेडामा १ अर्ब ६६ करोड ७५ लाख रुपैयाँ, महाविपत्ति कोषमा ६ करोड ९९ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा ३० करोड ४७ लाख रुपैयाँ र अन्य इक्विटीमा ३८ करोड ३८ लाख रुपैयाँ रहेको थियो।

समीक्षा वर्षमा कम्पनीको बीमा कोषमा ४ अर्ब ३३ करोड ३४ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष बीमा कोषमा ३ अर्ब ९९ करोड ८८ लाख रुपैयाँ थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको बीमा कोषको आकार ८.३७ प्रतिशतले बढेको छ।

गत आर्थिक वर्षमा कम्पनीले ४ अर्ब ९ करोड ५२ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षमा कम्पनीले ३ अर्ब ३८ करोड ४२ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको कुल बीमाशुल्क आर्जन २१.०१ प्रतिशतले बढेको छ।

कम्पनीले समीक्षा वर्षमा २ अर्ब २ करोड १० लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीले १ अर्ब २८ करोड १ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा खुद बीमाशुल्क ५७.८८ प्रतिशतले बढेको छ।

शेयरपुँजी २ अर्ब ५० करोड १ लाख रुपैयाँ रहेको कम्पनीको वार्षिकीकृत प्रतिशेयर आम्दानी (ईपीएस) बढेर २१.२९ रुपैयाँ कायम भएको छ। अघिल्लो वर्ष ईपीएस २०.१० रुपैयाँ थियो। पीई रेसियो २८.९५ गुणा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ २१०.३४ रुपैयाँ रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

50%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS