IME Life New

आम्दानी घट्दा हिमालयन डिस्टिलरीको नाफामा साढे ५४% को संकुचन, अन्य सूचक कस्ता ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । हिमालयन डिस्टिलरीले चालु आर्थिक वर्ष २०८२।८३ को प्रथम त्रैमास (साउन–असोज)सम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

वित्तीय विवरणअनुसार कम्पनीले चालु आर्थिक वर्षको पहिलो ३ महिनामा ९ करोड २ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष २०८१।८२ को असोजसम्म कम्पनीले १९ करोड ८८ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको नाफा ५४.६१ प्रतिशतले घटेको छ।

Esewa
Crest

चालु वर्षको असोजसम्म कम्पनीको कुल आम्दानी १ अर्ब ७ करोड ५७ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष असोजसम्म कम्पनीको कुल आम्दानी १ अर्ब ४८ करोड ६६ लाख रुपैयाँ थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको कुल आम्दानी पनि २७.६४ प्रतिशतले घटेको छ।

समीक्षा अवधिमा कम्पनीले उत्पादन बिक्री गरेर ७३ करोड ४५ लाख रुपैयाँ आम्दानी गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीको आम्दानी ५९ करोड ३३ लाख रुपैयाँ थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको आम्दानी १९.२२ प्रतिशतले घटेको छ।

चुक्तापुँजी ३ अर्ब ७ करोड ३४ लाख रुपैयाँ रहेको कम्पनीको रिजर्भ र सरप्लसमा १ अर्ब १८ करोड रुपैयाँ रहेको छ। अघिल्लो वर्षको रिजर्भ र सरप्लसमा ८८ करोड ९६ लाख रुपैयाँ थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा रिजर्भ र सरप्लसको आकार ३२.८५ प्रतिशतले बढेको छ।

समीक्षा अवधिमा कम्पनीको वार्षिकीकृत प्रतिशेयर आम्दानी (ईपीएस) घटेर ११.७५ रुपैयाँ कायम भएको छ। अघिल्लो वर्ष यही अवधिमा ईपीएस २५.८८ रुपैयाँ थियो। पीई रेसियो १११.५२ गुणा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ १३८.४० रुपैयाँ रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS