काठमाडौं । हिमालयन क्यापिटल लिमिटेड, कमलादी, काठमाण्डौले हालै भोटेकोशी त्रिशुली नदीमा आएको बाढीबाट प्रभावित नागरिकहरूको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख लाख १ हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ ।
उक्त रकममध्ये रु. ९,०१,००० कम्पनीको संस्थागत सामाजिक उत्तरदायित्व कोषबाट र बाँकी रु १,००,००० कम्पनीमा कार्यरत कर्मचारीहरूको स्वेच्छिक योगदानबाट संकलन गरिएको हो ।
यस विपदमा ज्यान गुमाउनेहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै हिमालयन क्यापिटल लिमिटेडले शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरेको छ । साथै, बेपत्ता नागरिकहरूको शीघ्र सकुशल उद्धार तथा घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।












