IME Life New

आजित बन्दै हिमालयन बैंकका ग्राहक, खस्किँदै वित्तीय स्वास्थ्य

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । केही दिनयता हिमालयन बैंकका ग्राहक अत्याधिक सास्ती भोगिरहेका छन्।

बैंकले गरेको सफ्टवेयर अपग्रेडेसन र डाटा माइग्रेसन प्रक्रियाले सेवा अवरुद्ध भएपछि ग्राहक निरन्तर मर्कामा परेको देखिएको छ। लामो समयसम्म बैंकका सेवा–सुविधा कार्यान्वयन हुन नसक्दा अधिकांश ग्राहकले हैरानी खेप्नुपरेका छन्।

Esewa
Crest

ग्राहकले आफ्नो मेहनतको कमाइ झिक्न नपाएको गुनासो गर्दै बैंकप्रति कडा असन्तोष जनाएका छन्। सामाजिक सञ्जालदेखि बैंकका शाखासम्म ‘हिमालयन बैंकले ठग्यो’ भन्दै आलोचना हुनसमेत थालेको छ।

बैंकको सिस्टममा बारम्बार समस्या देखिँदा इन्टरनेट बैंकिङ र मोबाइल बैंकिङ सेवा ठप्प बन्न पुगेको छ। यो अवस्थालाई लिएर सुरक्षाको चिन्ता पनि बढेको छ। किनकि सिस्टम बिग्रिएका बेला खाता ह्याक भए पनि ग्राहकले थाहा पाउने अवस्था नहुने जोखिम विशेषज्ञले औँल्याएका छन्।

लगातार समस्या देखिएपछि धेरै ग्राहक बैंकको सेवा ‘विश्वसनीय छैन’ भन्दै आफ्नै खाता बन्द गर्न शाखाहरुमा पुगेका छन्। मोबाइल बैंकिङतर्फ पनि ग्राहक अत्याधिक निराश बनेका छन्। केही समयअघि सिस्टम अपग्रेडेसन गरेर सेवा सुधार गरिने बताइए पनि हालसम्म पनि सेवा सुचारु र स्थिर बन्न सकेको छैन।

समग्रमा लगातार बिग्रिएको सिस्टम र अव्यवस्थित सेवा व्यवस्थापनका कारण हिमालयन बैंकका ग्राहक आजित बनेका छन्। पछिल्लो समय हिमालयन बैंकमा बेथिति बढ्दै गइरहेको छ। जसलाई यही अहिलेको घटनाले पुष्टि गर्छ।

यस बैंकको सञ्चालक समिति अध्यक्षमा प्रचण्डबहादुर श्रेष्ठ छन् भने प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा अशोक शमशेर राणा छन्। राणा करिब आधा दर्जनपटक यस बैंकको सीईओ बनिसकेका छन्।

राष्ट्र बैंकको प्रावधानअनुसार बैंक वित्तीय संस्थामा एक व्यक्तिले २ कार्यकालभन्दा बढी सीईओ हुने नपाउने भए पनि बैंक सञ्चालक समितिले उनलाई सीईओ बनाउँदै आएको छ।

झन् झन् खराब बन्दै बैंकको वित्तीय स्वास्थ्य 

चालु आर्थिक वर्ष २०८२।८३ को पहिलो त्रैमासमा हिमालयन बैंकको नाफा ३.२४ प्रतिशतले घटेर ७० करोड २८ लाख ९४ हजार रुपैयाँमा झरेको छ। गत आर्थिक वर्षको सोही अवधिमा ७२ करोड ६४ लाख ३२ हजार रुपैयाँ नाफा रहेको थियो।

गत आर्थिक वर्षको पहिलो त्रैमासमा २ अर्ब ४५ करोड ९ लाख ४५ हजार रुपैयाँ रहेको खुद ब्याज आम्दानी गरेको बैंकले चालु आर्थिक वर्षको सोही अवधिमा २ अर्ब ५० करोड ७१ लाख ११ हजार रुपैयाँ रहेको छ।

यस्तै सञ्चालन नाफा १ अर्ब ८१ करोड ३० लाख ७५ हजार रुपैयाँबाट घटेर १ अर्ब ५ करोड ६६ लाख २३ हजार रुपैयाँमा सीमित भएको छ। असोज मसान्तसम्म बैंकको वितरणयोग्य नाफा ७ अर्ब ५४ करोड ६४ लाख ८७ हजार रुपैयाँ ऋणात्मक रहेको छ।

कुल २२ अर्ब ५८ करोड १६ लाख ६२ हजार रुपैयाँ चुक्तापुँजी रहेको बैंकको जगेडा कोषमा २४ अर्ब ५४ करोड ९० लाख ८३ हजार रुपैयाँ छ। बैंकले ३ खर्ब १५ अर्ब ११ करोड ५८ लाख १ हजार रुपैयाँ निक्षेप संकलन गरेर २ खर्ब ३२ अर्ब ७३ करोड ५९ लाख ८८ हजार रुपैयाँ कर्जा लगानी गरेको छ।

असोज मसान्तसम्म बैंकको खराब कर्जा ७.३९ प्रतिशत रहेको छ। गत आर्थिक वर्षको सोही अवधिमा ४.९८ प्रतिशत रहेको थियो। बैंकको प्रतिसेयर आम्दानी १२.४५ रुपैयाँ रहेको छ भने प्रतिसेयर नेटवर्थ १७७.६३ रुपैयाँ रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

88%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

13%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS