IME Life New

हिमालयन बैंकको वितरणयोग्य मुनाफा रु. ७.१० अर्बले ऋणात्मक, खराब कर्जा ७% नाघ्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । हिमालयन बैंकले गत आर्थिक वर्ष २०८१।८२ को चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ।

वित्तीय विवरणअनुसार गत आर्थिक वर्षमा बैंकले १ अर्ब ५१ करोड २५ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्ष २०८०।८१ मा बैंकले १ अर्ब २३ करोड ८३ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। यो हिसाबले बैंकको नाफा अघिल्लो वर्षको तुलनामा २२.१५ प्रतिशतले बढेको छ।

Esewa
Crest

समीक्षा वर्षमा बैंकको वितरणयोग्य मुनाफा ७ अर्ब १० करोड १५ लाख रुपैयाँले ऋणात्मक रहेको छ। अघिल्लो वर्ष पनि बैंकको वितरणयोग्य मुनाफा ७ अर्ब ४४ करोड १५ लाख रुपैयाँले ऋणात्मक नै थियो।

समीक्षा वर्षमा बैंकको सञ्चालन मुनाफा बढेर ५ अर्ब ४३ करोड ६४ लाख रुपैयाँ भएको छ। अघिल्लो वर्ष सञ्चालन मुनाफा २ अर्ब ८८ करोड ५४ लाख रुपैयाँ थियो। बैंकको सञ्चालन मुनाफा पनि ८८.४१ प्रतिशतले बढेको छ।

गत आर्थिक वर्षको चौथो त्रैमाससम्म बैंकले १० अर्ब ४५ करोड ६६ लाख रुपैयाँ ब्याज आम्दानी गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म बैंकले ११ अर्ब ६१ करोड ७६ लाख रुपैयाँ ब्याज आम्दानी गरेको थियो। ब्याज आम्दानी ९.९९ प्रतिशतले बढेको छ।

चुक्तापुँजी २१ अर्ब ६५ करोड ६६ लाख रुपैयाँ रहेको बैंकको रेटिन्ड अर्निङमा ७ अर्ब १० करोड १५ लाख रुपैयाँले ऋणात्मक रहेको छ भने रिजर्भमा २३ अर्ब ३५ करोड ९९ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष पनि रिटेन्ड अर्निङ ७ अर्ब ४४ करोड १५ लाख रुपैयाँले ऋणात्मक थियो भने रिजर्भमा २२ अर्ब ४० करोड ७९ लाख रुपैयाँ थियो।

समीक्षा वर्षमा बैंकले ३ खर्ब ९ अर्ब १५ करोड रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ३२ अर्ब ८५ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। अघिल्लो वर्ष बैंकले २ खर्ब ९३ अर्ब ८९ करोड रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ३० अर्ब २३ करोड रुपैयाँ कर्जा लगानी गरेको थियो।

समीक्षा वर्षमा बैंकको खराब कर्जा अनुपात (एनपीएल) बढेर ७.२८ प्रतिशत पुगेको छ। अघिल्लो वर्ष यही अवधिसम्म पनि बैंकको एनपीएल ४.९८ प्रतिशत थियो।

बैंकको वार्षिकीकृत प्रतिशेयर आम्दानी (ईपीएस) बढेर ६.९८ रुपैयाँ कायम भएको छ। अघिल्लो वर्ष ईपीएस ५.७२ रुपैयाँ थियो। पीई रेसियो ३३.९८ गुणा रहेको बैंकको प्रतिशेयर नेटवर्थ १७५.०७ रुपैयाँ रहेको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS