IME Life New

हाइल्यान्ड डिस्टिलरीले डाक्यो साधारणसभा, शेयरधनीलाई २५% बोनस शेयर, सर्वसाधारणलाई आइपीओ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । हाइल्यान्ड डिस्टिलरीले आफ्नो वार्षिक साधारणसभा डोकेको छ।

कम्पनी सञ्चालक समितिको बैठकले साधारणसभा यही पुस २८ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाडौंको हात्तीसारस्थित कम्पनीको रजिस्टर्ड कार्यालयमा बिहान ११ बजेबाट सुरु हुनेछ।

Esewa
Crest

सभाले गत आर्थिक वर्ष २०८१।८२ को वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्तापुँजीबाट शेयरधनीहरुका लागि वितरण गर्न भनी प्रस्तावित कुल २६.३१५८ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा २५ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ नगद लाभांश छन्।

बोनस शेयर वितरणपछि जारी र चुक्तापुँजी वृद्धि हुने भएकोले सोहीबमोजिम प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने अर्को विशेष प्रस्ताव सभाले पारित गर्नेछ। सोही सभाले सर्वसाधारणका लागि छुट्याइएको साधारण शेयरको प्रिमियम वा बुक बिल्डिङ विधिबाट आइपीओ ल्याउने र यसका लागि आवश्यक प्रक्रिया अगाडि बढाउने अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने विशेष प्रस्ताव अनुमोदन गर्नेछ।

सभाले गत आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्नुका साथै चालु आर्थिक वर्ष २०८२।८३ का लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव पारित गर्नेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS