IME Life New

ईभीमा ६०% सम्म मात्र ऋण उपलब्ध गराउन हायर पर्चेज कम्पनीलाई निर्देशन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकले विद्युतीय गाडी (ईभी)मा ६० प्रतिशतसम्म मात्र ऋण उपलब्ध गराउन हायर पर्चेज कर्जा दिने कम्पनीहरुलाई निर्देशन दिएको छ।

केन्द्रीय बैंकले हायर पर्चेज कर्जा दिने कम्पनीलाई स्वीकृति दिने नीति एवं प्रक्रियागत व्यवस्था, २०७० मा पाँचौँ संशोधन गर्दै यस्तो प्रावधान कायम गरेको हो। संशोधित व्यवस्थाअनुसार अब हायर पर्चेज कर्जा दिने कम्पनीहरुले सबै प्रकारका विद्युतीय सवारीसाधन र निजी प्रयोजनका व्यक्तिगत अन्य सवारीसाधनमा ऋण मूल्य अनुपात अधिकतम ६० प्रतिशतसम्म मात्र कायम गर्न पाउनेछन्। यसअघि ऋण मूल्य अनुपात अधिकतम ८० प्रतिशत थियो।

Esewa
Crest

अन्य सवारीसाधन भने कम्पनीहरुले अधिकतम ८० प्रतिशतसम्म कर्जा प्रवाह गर्न पाउनेछन्।

राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामार्फत लिइएको यो व्यवस्था कार्यान्वयनन गर्न हायर पर्चेज कर्जा दिने कम्पनीहरुको प्रावधानमा संशोधन गरेको हो। अब सोहीबमोजिम गर्न गराउन राष्ट्र बैंकले निर्देशन दिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS