IME Life New

पूर्वी नेपालमा अर्थोडक्स चियाखेतीको उच्च सम्भावना, अन्तर्राष्ट्रिय क्षेत्रमा माग बढ्ने प्रक्षेपण

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपालको पूर्वी पहाडमा अर्थोडक्स चियाखेतीको उच्च सम्भावना रहेको छ। यस्तो खेतीयोग्य भूक्षेत्र धेरै रहेकोले अर्थोडक्स चिया खेतीको विस्तार गर्न सकिने अध्ययनबाट देखिएको छ।

नेपाल राष्ट्र बैंकको विराटनगरले तयार पारेको कोशी प्रदेशको अध्ययन प्रतिवेदनले अर्थोडक्स चियाखेतीको उच्च सम्भावना रहेको देखाएको हो। अन्तर्राष्ट्रिय बजारमा अर्थोडक्स चियाको माग उच्च रहेकोले अर्गानिक तथा गुणस्तरीय चिया उत्पादन गरी निर्यात बढाउन सके थप विदेशी मुद्रा आर्जन गर्न सकिने प्रतिवेदनमा सम्भावना औँल्याइएको छ।

Esewa
Crest

अध्ययनअनुसार नेपाली चिया बगान अन्य चिया उत्पादन गर्ने देशमा रहेको चिया बगानको तुलनामा जवान रहेकोले तुलनात्मक रुपमा गुणस्तरीय चिया उत्पादन हुने सम्भावना छ।

प्रतिवेदनमा चिया उत्पादन हुने क्षेत्रको प्राकृतिक सुन्दरता र स्थानीयको न्यानो आतिथ्यले चिया बगानहरुलाई चिया पर्यटनका रुपमा विकास गर्न सकिने, अर्थोडक्स चियाका बारेमा जनचेतना अभिवृद्धि गर्न सके अर्थोडक्स चियाको आन्तरिक बजार विस्तार हुन सक्ने तथा अर्थोडक्स चिया उद्योग श्रमप्रधान रहेकाले चियाखेतीको विस्तार गर्न सके रोजगारी वृद्धि गर्न सकिने उल्लेख छ।

नेपालमा उत्पादित अर्थोडक्स चियाले विभिन्न अन्तर्राष्ट्रिय चिया महोत्सवमा सहभागी भई उत्कृष्ट हुने क्रम बढेसँगै आगामी दिनमा नेपाली अर्थोडक्स चियाको अन्तर्राष्ट्रिय क्षेत्रमा माग बढ्ने प्रतिवेदनमा जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS