IME Life New

एयर इण्डियाको विमान दुर्घटनाको छानबिन गर्न उच्च स्तरिय सरकारी समिति गठन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । भारत सरकारले एयर इन्डियाको उडान एआइ १७१ को दुर्घटनाको अनुसन्धान गर्न उच्चस्तरीय समिति गठन गरेको छ। उच्चस्तरिय समितिलाई तीन महिना भित्र आफ्नो प्रतिवेदन बुझाउन भनिएको छ।

यो उच्चस्तरीय टोलीको नेतृत्व केन्द्रीय गृह सचिवले गर्नेछन्। यसमा नागरिक उड्डयन मन्त्रालय, भारतीय वायुसेना, नागरिक उड्डयन सुरक्षा ब्यूरो, नागरिक उड्डयन महानिर्देशनालय, गुप्तचर ब्यूरो र अन्य विभागका वरिष्ठ अधिकारीहरू सामेल हुनेछन्।

Esewa
Crest

एशियन इन्स्योरेन्स पोष्टका अनुसार, दुर्घटनाको मूल कारण पत्ता लगाउनुका साथै समितिले आपतकालीन समयमा उद्धार कार्यहरू कसरी सञ्चालन गरियो र विभिन्न एजेन्सीहरूले कसरी समन्वय गरे भन्ने कुराको पनि समीक्षा गर्नेछ।

अहमदाबादबाट लन्डनको ग्याटविक विमानस्थल जाँदै गरेको बोइङ विमान बिहीबार उडान भरेको केही समयपछि दुर्घटनाग्रस्त हुँदा २४१ जनाको ज्यान गएको थियो। एकजनाको जीवितै उद्धार गरिएको थियो। यात्रु तथा चालक दलका सदस्यको ज्यान जाने गरी बोइङ विमान कम्पनीको ७८७ ड्रिम लाइनर विमान दुर्घटनामा परेको यो पहिलो घटना हो।

नागरिक उड्डयन मन्त्रालयले समितिले दुर्घटना पछाडिका कारणहरूको अध्ययन गर्ने र के गलत भयो भनेर हेर्ने बताएको छ। यसले हालका सुरक्षा नियमहरूको पनि समीक्षा गर्नेछ र भविष्यमा यस्ता दुर्घटनाहरू रोक्न नयाँ तरिकाहरू सुझाव दिनेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS