IME Life New

इलेक्ट्रिक थ्री-ह्विलर सेग्मेन्टमा इन्ट्री गर्दै हिरो मोटोकर्प, लगानी गर्दै ५२५ करोड

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । भारतको सबैभन्दा ठूलो दुईपांग्रे सवारीसाधन निर्माण गर्ने कम्पनी हिरो मोटोकर्प अब इलेक्ट्रिक थ्री–ह्विलर सेग्मेन्टमा प्रवेश गर्ने भएको छ।

हिरोले इलेक्ट्रिक थ्री र फोर ह्विलर सेग्मेन्टको प्रमुख कम्पनी युलर मोटर्समा लगानी गर्दै यो सेग्मेन्टमा इन्ट्री गर्ने भएको हो। यसका लागि हिरोले युलर मोटर्समा भारु ५२५ करोड लगानी गर्ने घोषणा गरेको छ।

Esewa
Crest

हिरो मोटोकर्पका अनुसार निकट भविष्यमा इलेक्ट्रिक सवारीसाधनको कुल बिक्रीमा ३५ प्रतिशत हिस्सेदारी हुने अनुमान गरेको छ। यो लगानीको मुख्य उद्देश्य हिरो मोटोकर्प बढ्दो इलेक्ट्रिक सवारीसाधन सेग्मेन्टमा कदम राख्नु रहेको छ।

सुरुआतमा हिरो मोटोकर्प युलर मोटर्समा ३२.५ प्रतिशत शेयर हिस्सा खरिद गर्नेछ। यो लगानी सम्झौता आउँदो ३० अप्रिलसम्म पूरा हुने कम्पनीको अनुमान छ।

युलर मोटर्स इलेक्ट्रिक थ्री–फोर ह्विलर सवारीसाधनको डिजाइन, निर्माण र बिक्रीमा लामो समयदेखि रहेको छ। विशेषगरी कमर्सियल इलेक्ट्रिक सवारीसाधन समेग्मेन्टमा कम्पनीले निकै राम्रो प्रदर्शन गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS