काठमाडौं । आज नेप्से परिसूचक २ दशमलव ४१ अंकले बढेर २,६१६ को विन्दुमा कायम भएको छ । आज ११३ कम्पनीको शेयर मूल्य बढेको छ भने १४० कम्पनीको शेयर मूल्य घटेको छ ।
५ अर्ब १३ करोड माथिको शेयर कारोबार हुँदा सबैभन्दा धेरै आँखुखोला जलविदूतको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ३६ करोड २ लाख रुपैयाँको शेयर कारोबार भएको छ । रिडी पावरको ३२ करोड १९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एसवाई प्यानलको २८ करोड ७८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।













