काठमाडौं । शेयर बजार बिहीबार सामान्य अंकले बढेको छ। नेप्से परिसूचक ५.८२ अंकले बढेर २७८२.१८ को विन्दुमा बन्द भएको हो।
बजार बढ्दा नेप्से उपसमूहमा रहेका ७ वटा समूह बढेका छन् भने ६ वटा घटेका छन्। यो दिन व्यापार समूह सर्वाधिक २.५३ प्रतिशतले बढ्दा वित्त समूह सर्वाधिक ०.८७ प्रतिशतले घटेको छ।
यो दिन बजारमा ९८ कम्पनीको शेयरभाउ बढेको छ भने १५८ कम्पनीको घटेको छ। आज १२ कम्पनीको शेयरभाउ स्थिर रहेको छ।
बजारमा आज ८ अर्ब ८१ करोड रुपैयाँको कारोबार भएको छ। सर्वाधिक कारोबार एसवाई प्यानलको भएको छ।
उच्च कारोबार भएका १० कम्पनी
- एसवाई प्यानलः ३५ करोड ७० लाख रुपैयाँ
- ङादी ग्रुप पावरः ३० करोड ९२ लाख रुपैयाँ
- हिमालयन रिइन्स्योरेन्सः २९ करोड ६५ लाख रुपैयाँ
- एनआरएन इन्फ्रास्ट्रक्चरः २९ करोड ३२ लाख रुपैयाँ
- अपी पावरः २७ करोड ७२ लाख रुपैयाँ
- आँखुखोला जलविद्युतः २५ करोड २८ लाख रुपैयाँ
- रिडी पावरः २४ करोड ३७ लाख रुपैयाँ
- नेसनल हाइड्रोपावरः २४ करोड १९ लाख रुपैयाँ
- शिवम सिमेन्टः २३ करोड ८७ लाख रुपैयाँ
- कुमारी बैंकः २३ करोड ८६ लाख रुपैयाँ












