काठमाडौं । शेयर बजार बुधबार झिनो अंकले बढेको छ। नेप्से परिसूचक २.६६ अंकले बढेर २७८०.२५ को विन्दुमा बन्द भएको हो।
बजार बढ्दा नेप्से उपसमूहमा रहेका ७ वटा समूह बढेका छन् भने ६ वटा घटेका छन्। यो दिन निर्जीवन बीमा समूह सर्वाधिक ३.३७ प्रतिशतले बढ्दा अन्य समूह सर्वाधिक २.३६ प्रतिशतले घटेको छ।
आज बजारमा १४९ कम्पनीको शेयरभाउ बढेको छ भने ११६ कम्पनीको घटेको छ। यो दिन ६ कम्पनीको शेयरभाउ स्थिर रहेको छ।
बजारमा आज ५ अर्ब ७८ करोड रुपैयाँ बढीको शेयर कारोबार भएको छ।
उच्च कारोबार भएका १० कम्पनी
- आँखुखोला जलविद्युतः ४४ करोड २३ लाख रुपैयाँ
- नेपाल पुनर्बीृमा कम्पनीः २१ करोड ८५ लाख रुपैयाँ
- रिडी पावरः २० करोड ४९ लाख रुपैयाँ
- नेपाल इन्स्योरेन्सः १५ करोड १७ लाख रुपैयाँ
- नेसनल हाइड्रोपावरः १२ करोड ८२ लाख रुपैयाँ
- एनआरएन इन्फ्रास्ट्रक्चरः १२ करोड ४१ लाख रुपैयाँ
- एसबीएल डिबेन्चरः ११ करोड ७० लाख रुपैयाँ
- अपी पावरः ११ करोड ६६ लाख रुपैयाँ
- एनबीबीएल डिबेन्चरः ९ करोड ९९ लाख रुपैयाँ
- सिद्धार्थ बैंकको संस्थापक शेयरः ९ करोड ७३ लाख रुपैयाँ












