काठमाडौं । नेपाल धितोपत्र बोर्डमा हाल ९५ वटा कम्पनीको आइपीओ पाइपलाइनमा रहेका छन्। तीमध्ये १३ वटा कम्पनीले प्रिमियम मूल्यमा आइपीओ ल्याउन अनुमति मागेका छन्।
यी हुन् प्रिमियम मूल्यमा आइपीओ माग्ने ११ कम्पनी
श्री एयरलाइन्स
श्री एयरलाइन्सले धितोपत्र बोर्डसँग १०० रुपैयाँ अंकित दरमा १०० रुपैयाँ प्रिमियम थपेर २०० रुपैयाँ आइपीओ ल्याउन अनुमति मागेको छ। धितोपत्र बोर्डले अनुमति दिएमा कम्पनीले २०० रुपैयाँ दरमा कुल ६३ लाख कित्ता आइपीओ जारी गर्नेछ। यो आइपीओ बिक्रीबाट कम्पनीले १ अर्ब २६ करोड रुपैयाँ पुँजी जुटाउने लक्ष्य राखेको छ। यो कम्पनीको आइपीओ बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल रहेको छ।
नुम्बुर हिमालय हाइड्रोपावर
यो कम्पनीले धितोपत्र बोर्डसँग १०० रुपैयाँ अंकित दरमा ११८ रुपैयाँ प्रिमियम थपेर २१८ रुपैयाँ आइपीओ ल्याउन अनुमति मागेको छ। धितोपत्र बोर्डले अनुमति दिएमा कम्पनीले २१८ रुपैयाँ दरमा कुल ३० लाख ६ हजार २०२ कित्ता आइपीओ जारी गर्नेछ। यो आइपीओ बिक्रीबाट कम्पनीले ६५ करोड ५३ लाख ५२ हजार ३६ रुपैयाँ पुँजी जुटाउने लक्ष्य राखेको छ। यो कम्पनीको आइपीओ बिक्री प्रबन्धकमा एलएस क्यापिटल रहेको छ।
शिवम होल्डिङ्स
शिवम होल्डिङ्सले धितोपत्र बोर्डसँग १०० रुपैयाँ अंकित दरमा ११० रुपैयाँ प्रिमियम थपेर २१० रुपैयाँ आइपीओ ल्याउन अनुमति मागेको छ। धितोपत्र बोर्डले अनुमति दिएमा कम्पनीले २१० रुपैयाँ दरमा कुल १ करोड १६ लाख कित्ता आइपीओ जारी गर्नेछ। यो आइपीओ बिक्रीबाट कम्पनीले २ अर्ब ४३ करोड ६० लाख रुपैयाँ पुँजी जुटाउने लक्ष्य राखेको छ। यो कम्पनीको आइपीओ बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ।
जगदम्बा स्टिल्स
यो कम्पनीले धितोपत्र बोर्डसँग १०० रुपैयाँ अंकित दरमा २३० रुपैयाँ प्रिमियम थपेर ३३० रुपैयाँ आइपीओ ल्याउन अनुमति मागेको छ। धितोपत्र बोर्डले अनुमति दिएमा कम्पनीले ३३० रुपैयाँ दरमा कुल २ करोड ७० हजार कित्ता आइपीओ जारी गर्नेछ। यो आइपीओ बिक्रीबाट कम्पनीले ६ अर्ब ६२ करोड ३१ लाख रुपैयाँ पुँजी जुटाउने लक्ष्य राखेको छ। यो कम्पनीको आइपीओ बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ।
सौर्य सिमेन्ट इन्डस्ट्रिज
सौर्य सिमेन्ट इन्डस्ट्रिजले धितोपत्र बोर्डसँग १०० रुपैयाँ अंकित दरमा २३३ रुपैयाँ प्रिमियम थपेर ३३३ रुपैयाँ आइपीओ ल्याउन अनुमति मागेको छ। धितोपत्र बोर्डले अनुमति दिएमा कम्पनीले ३३३ रुपैयाँ दरमा कुल १ करोड ५९ लाख ८१ हजार ५०० कित्ता आइपीओ जारी गर्नेछ। यो आइपीओ बिक्रीबाट कम्पनीले ५ अर्ब ३२ करोड १८ लाख ३९ हजार ५०० रुपैयाँ पुँजी जुटाउने लक्ष्य राखेको छ। यो कम्पनीको आइपीओ बिक्री प्रबन्धकमा नबिल इन्भेस्टमेन्ट बैंकिङ रहेको छ।
मारुती सिमेन्ट्स
मारुती सिमेन्ट्सले धितोपत्र बोर्डसँग १०० रुपैयाँ अंकित दरमा ३२६ रुपैयाँ प्रिमियम थपेर ४२६ रुपैयाँ आइपीओ ल्याउन अनुमति मागेको छ। धितोपत्र बोर्डले अनुमति दिएमा कम्पनीले ४२६ रुपैयाँ दरमा कुल १ करोड १६ लाख कित्ता आइपीओ जारी गर्नेछ। यो आइपीओ बिक्रीबाट कम्पनीले ४ अर्ब ९४ करोड १६ लाख रुपैयाँ पुँजी जुटाउने लक्ष्य राखेको छ। यो कम्पनीको आइपीओ बिक्री प्रबन्धकमा नबिल इन्भेस्टमेन्ट बैंकिङ रहेको छ।
रिद्धि सिद्धि सिमेन्ट
रिद्धि सिद्धि सिमेन्टले धितोपत्र बोर्डसँग १०० रुपैयाँ अंकित दरमा १४६ रुपैयाँ प्रिमियम थपेर २४६ रुपैयाँ आइपीओ ल्याउन अनुमति मागेको छ। धितोपत्र बोर्डले अनुमति दिएमा कम्पनीले २४६ रुपैयाँ दरमा कुल १ करोड २१ लाख ७१ हजार ५०० कित्ता आइपीओ जारी गर्नेछ। यो आइपीओ बिक्रीबाट कम्पनीले २ अर्ब ९९ करोड ४१ लाख ८९ हजार रुपैयाँ पुँजी जुटाउने लक्ष्य राखेको छ। यो कम्पनीको आइपीओ बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल रहेको छ।
अम्बे स्टिल्स
यो कम्पनीले धितोपत्र बोर्डसँग १०० रुपैयाँ अंकित दरमा २०३ रुपैयाँ प्रिमियम थपेर ३०३ रुपैयाँ आइपीओ ल्याउन अनुमति मागेको छ। धितोपत्र बोर्डले अनुमति दिएमा कम्पनीले ३०३ रुपैयाँ दरमा कुल १ करोड ११ लाख ९२ हजार ७२७ कित्ता आइपीओ जारी गर्नेछ। यो आइपीओ बिक्रीबाट कम्पनीले ३ अर्ब ३९ करोड १३ लाख ९६ हजार २८१ रुपैयाँ पुँजी जुटाउने लक्ष्य राखेको छ। यो कम्पनीको आइपीओ बिक्री प्रबन्धकमा नबिल इन्भेस्टमेन्ट बैंकिङ रहेको छ।
हुलास इन्फ्रा
हुलास इन्फ्राले धितोपत्र बोर्डसँग १०० रुपैयाँ अंकित दरमा २३३.५६ रुपैयाँ प्रिमियम थपेर ३३३.५६ रुपैयाँ आइपीओ ल्याउन अनुमति मागेको छ। धितोपत्र बोर्डले अनुमति दिएमा कम्पनीले ३३३ रुपैयाँ दरमा कुल ३५ लाख ४७ हजार १८८ कित्ता आइपीओ जारी गर्नेछ। यो आइपीओ बिक्रीबाट कम्पनीले १ अर्ब १८ करोड ३२ लाख २९.२८ रुपैयाँ पुँजी जुटाउने लक्ष्य राखेको छ। यो कम्पनीको आइपीओ बिक्री प्रबन्धकमा नबिल इन्भेस्टमेन्ट बैंकिङ रहेको छ।
हुलास आइरन इन्डस्ट्रिज
यो कम्पनीले धितोपत्र बोर्डसँग १०० रुपैयाँ अंकित दरमा १५५ रुपैयाँ प्रिमियम थपेर २५५ रुपैयाँ आइपीओ ल्याउन अनुमति मागेको छ। धितोपत्र बोर्डले अनुमति दिएमा कम्पनीले २५५ रुपैयाँ दरमा कुल ९७ लाख ५० हजार कित्ता आइपीओ जारी गर्नेछ। यो आइपीओ बिक्रीबाट कम्पनीले २ अर्ब ४८ करोड ६२ लाख ५० हजार रुपैयाँ पुँजी जुटाउने लक्ष्य राखेको छ। यो कम्पनीको आइपीओ बिक्री प्रबन्धकमा कुमारी क्यापिटल रहेको छ।
कैलाश हेलिकोप्टर सर्भिसेज
कैलाश हेलिकोप्टरले धितोपत्र बोर्डसँग १०० रुपैयाँ अंकित दरमा २२७ रुपैयाँ प्रिमियम थपेर ३२७ रुपैयाँ आइपीओ ल्याउन अनुमति मागेको छ। धितोपत्र बोर्डले अनुमति दिएमा कम्पनीले ३२७ रुपैयाँ दरमा कुल ३ लाख ५० हजार कित्ता आइपीओ जारी गर्नेछ। यो आइपीओ बिक्रीबाट कम्पनीले ११ करोड ४४ लाख ५० हजार रुपैयाँ पुँजी जुटाउने लक्ष्य राखेको छ। यो कम्पनीको आइपीओ बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ।
छाया देवी कम्प्लेक्स
छाया देवी कम्प्लेक्सले धितोपत्र बोर्डसँग १०० रुपैयाँ अंकित दरमा ३०० रुपैयाँ प्रिमियम थपेर ४०० रुपैयाँ आइपीओ ल्याउन अनुमति मागेको छ। धितोपत्र बोर्डले अनुमति दिएमा कम्पनीले ४०० रुपैयाँ दरमा कुल १४ लाख ३७ हजार ५०० कित्ता आइपीओ जारी गर्नेछ। यो आइपीओ बिक्रीबाट कम्पनीले ५७ करोड ५० लाख रुपैयाँ पुँजी जुटाउने लक्ष्य राखेको छ। यो कम्पनीको आइपीओ बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ।
हुलास फिनसर्भ हायर पर्चेज
यो कम्पनीले धितोपत्र बोर्डसँग १०० रुपैयाँ अंकित दरमा २५८.८५ रुपैयाँ प्रिमियम थपेर ३५८.८५ रुपैयाँ आइपीओ ल्याउन अनुमति मागेको छ। धितोपत्र बोर्डले अनुमति दिएमा कम्पनीले ३५८.८५ रुपैयाँ दरमा कुल २० लाख ७५ हजार कित्ता आइपीओ जारी गर्नेछ। यो आइपीओ बिक्रीबाट कम्पनीले ७४ करोड ४६ लाख १३ हजार ७५० रुपैयाँ पुँजी जुटाउने लक्ष्य राखेको छ। यो कम्पनीको आइपीओ बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ।












