IME Life New

उत्कृष्ट टर्म लाइफ इन्स्योरेन्स लिँदा यी कुरालाई अवश्य ध्यानमा राखौँ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आजको समयमा बीमा एउटा धेरै महत्वपूर्ण कुरा हो। प्रत्येक व्यक्तिले आफ्नो जीवन र आफ्नो परिवारलाई सुरक्षित गर्नका लागि बीमा खरिद गर्नुपर्छ। लाइफ इन्स्योरेन्स, हेल्थ इन्स्योरेन्स, टर्म लाइफ इन्स्योरेन्सजस्ता धेरै प्रकारका बीमा योजना छन्। आज हामी टर्म लाइफ इन्स्योरेन्सको कुरा गर्दैछौँ।

बीमा लिने व्यक्तिको मृत्युपछि टर्म लाइफ इन्स्योरेन्सको लाभ निजको परिवार वा निजको मनोनित व्यक्तिलाई दिइन्छ। यस्तो अवस्थामा यदि आफ्ना लागि टर्म लाइफ इन्स्योरेन्स किन्ने सोच छ भने बीमा लिनुअघि केही महत्वपूर्ण कुराबारे जान्नैपर्छ। ता कि उत्कृष्ट टर्म लाइफ इन्स्योरेन्स किन्न सकियोस्।

Esewa
Crest

आफ्नो आवश्यकता बुझ्नुपर्छ

सबैभन्दा पहिले टर्म लाइफ इन्स्योरेन्स लिनुअघि आफ्नो आवश्यकता बुझ्नुपर्छ। परिवारलाई कति पैसा चाहिन्छ भन्ने कुरालाई ध्यानमा राखी यो बीमा योजना किन्नुपर्छ। ईएमआई, बालबालिकाको शिक्षा र महँगीलाई ध्यानमा राखी टर्म लाइफ इन्स्योरेन्स खरिद गर्नुपर्छ।

बीमा कम्पनीलाई सबै कुरा भन्नुपर्छ

धेरै पटक टर्म लाइफ इन्स्योरेन्स लिँदा मानिसहरुले आफ्नो नराम्रो बानी कम्पनीबाट लुकाउँछन्। जसका कारण पछि बीमा दाबी गर्न निकै गाह्रो हुन्छ । कुनै पनि कुरा लुकाउँदा दाबी पछि अस्वीकार हुन सक्छ।

बीमा कम्पनीबारे बुझ्नुपर्छ

टर्म लाइफ इन्स्योरेन्स लिनुअघि बीमा कम्पनीको विगतका रेकर्ड राम्ररी बुझ्नुपर्छ। जुन कम्पनीबाट टर्म लाइफ इन्स्योरेन्स लिन गइरहेका हुन्छौँ, त्यो कम्पनी कति वर्षदेखि यस क्षेत्रमा सक्रिय रहेको भन्ने कुराको पनि ख्याल राख्नुपर्छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS