काठमाडौं । मन्त्रिपरिषदको बैठकले ५ वटा निर्णयहरु गरेको छ।
आज दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा मन्त्रिपरिषद बैठक बसेको थियो। बैठकले गरेका निर्णय सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेल सार्वजनिक गरेका छन्।
यस्ता छन् निर्णय
नेपालभित्र पैठारी वा उत्पादन हुने विद्युतबाट सञ्चालित एम्बुलेन्स र शव वाहनमा लाग्ने स्वच्छ पूर्वाधार लगानी शुल्क र मूल्य अभिवृद्धि कर मा पूर्ण रुपमा छुट प्रदान गर्ने।
सुनसरी र सिराहा जिल्लामा भएको प्रदर्शनका क्रममा मृत्यु भएका ४ जना (सुनसरीका ओमप्रकाश मेहता, जयप्रकाश मेहता, रविन्द्र कुमार मेहता र सिराहाका गणेशकुमार यादव) लाई सहिद घोषणा गर्ने।
पोर्चुगल सरकारलाई काठमाडौंमा काउन्सिलर कार्यालय खोल्न सहमति दिने।
वैदेशिक रोजगार बोर्डको कार्यकारी निर्देशक पदमा निर्मलकुमार उप्रेतीलाई नियुक्ति गर्ने।
पूर्वमहालेखापरीक्षक टंकमणि शर्मा ढंगालको संयोजकत्वमा गठित एनसेलको शेयर खरिद–बिक्रीसम्बन्धी अध्ययन तथा छानबिन प्रतिवेदन २०८० सार्वजनिक गर्ने।












