काठमाडौं । गत साता शेयर बजार १९.६२ अंकले बढेको छ। अघिल्लो साता २६२०.९२ को विन्दुमा बन्द भएको नेप्से परिसूचक गत साता २६४०.५४ को विन्दुमा बन्द भएको छ।
गत बिहीबारको अन्तिम कारोबारअनुसार बजार पुँजीकरण खर्ब माथि रहेका ५ कम्पनी रहेका छन्। तीमध्ये शीर्ष स्थानमा विशाल बजार कम्पनी रहेको छ। यो कम्पनीको बजार पुँजीकरण १ खर्ब ९५ अर्ब ८ करोड रुपैयाँ रहेको छ।
यसैगरी दोस्रोमा नेपाल पुनर्बीमा कम्पनी रहेको छ। यो कम्पनीको बजार पुँजीकरण १ खर्ब ७२ अर्ब ६० करोड रुपैयाँ रहेको छ।
तेस्रोमा नेपाल टेलिकम रहेको छ। नेपाल टेलिकमको बजार पुँजीकरण १ खर्ब ५४ अर्ब ४४ करोड रुपैयाँ रहेको छ।
त्यस्तै नबिल बैंक १ खर्ब ३२ अर्ब ३० करोड रुपैयाँ बजार पुँजीकरणका साथै चौथो र नागरिक लगानी कोष १ खर्ब २१ अर्ब ७ करोड रुपैयाँ बजार पुँजीकरणका साथ पाँचौँ स्थानमा छन्।












