काठमाडौं । सिंहदरबारमा आज बसेको मन्त्रिपरिषदको बैठकले ४ वटा निर्णय गरेको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बसेको बैठकले संवैधानिक परिषद् पहिलो संशोधन अध्यादेश २०८३ फेरि प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णयसहित ४ वटा निर्णय गरेको हो।
यस्ता छन् निर्णय
- परम्परागत पोइलरलाई इलेक्ट्रोनिक पोइलरले प्रतिस्थापन गराउन, उद्योगहरुलाई कर्जा उलपब्ध गराउन र वायु गुणस्तर मापन क्षमता बढाउने प्रयोजनका लागि विश्व बैंकबाट प्राप्त हुने ५२ मिलियन डलर बराबरको सहुलियतपूर्ण ऋण तथा ५ मिलियन अमेरिकी डलर बराबरको अनुदान स्वीकार गर्ने।
- भारतसँग जी टु जी माध्यमबाट ६० हजार मेट्रिक्टन युरिया र २० हजार डीएपी मल खरिद गर्न कृषि सामग्री कम्पनी लिमिटेडलाई सैद्धान्तिक स्वीकृति प्रदान गर्ने।
- संसद् भवन परिसरमा प्रवेशलगायतको विषय समावेश गरिएको सिंहदरबार परिसरको परिमार्जित गुरुयोजना स्वीकृत गर्ने।
- संवैधानिक परिषद् पहिलो संशोधन अध्यादेश २०८३ सम्माननीय राष्ट्रपतिज्यूबाट पुनविर्चारका लागि फिर्ता भएकोमा उक्त अध्यादेश जारी गर्न पुनः सिफारिस गर्ने।












