IME Life New

आज गण्डकी र बागमतीमा भारी वर्षाको संभावना, तटीय क्षेत्रमा सावधानी अपनाउन अनुरोध

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार, बिहीबार बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको संभावना छ।

बागमती प्रदेशको केही स्थानमा वर्षाको पानी एक इञ्च मोटो सम्म हुन सक्ने जनाइएको छ।

Esewa
Crest

राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले नदी आसपासको क्षेत्रका बासिन्दालाई सावधानी अपनाउन सचेत गराएको छ।

विभागका अनुसार, लुम्बिनीको तराई क्षेत्र र मधेश प्रदेश लगायत बाँकी तराईका केही ठाउँमा मेघ गर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना पनि छ।

बिहीबार राति कोशी, मधेश र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रहरूमा मौसम सामान्यतया बदली रहने र तराई क्षेत्रमा आंशिक बदली रहने अनुमान गरिएको छ।

देशका पहाडी क्षेत्रहरू, मधेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र तराईका बाँकी भागहरूमा एक वा दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

100%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS