IME Life New

मधेश र बागमतीमा वर्षाको प्रभाव कम हुॅदा कोशीमा भारी वर्षा शुरु

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मधेश र बागमती प्रदेशमा शनिबार दिनभर देखिएको झरी आइतबार कोशी प्रदेशमा सरेको छ।

आइतबार बिहादेखि मधेश प्रदेशको बारा र पर्सामा वर्षाको प्रभाव केही कम भएको छ।

Esewa
Crest

बागमती प्रदेश र मधेस प्रदेशको क्षेत्रमा वर्षाको तिब्रता विस्तारै घट्न शुरु गरेको छ भने कोसी प्रदेशको धेरै स्थानमा मध्यम देखि भारी वर्षा भईरहेको छ। जुन क्रम अवको केही घण्टा कायम रहन सक्ने देखिन्छ।

जल तथा मोसम.पूर्वानुमान महाशाखाका अनुसार देशका विभिन्न नदीहरूबाट प्राप्त वास्तविक समयको जलसतह अनुसारहाल ८ वटा नदी केन्द्रहरुमा जलसतह खतरा तह (Danger Level) भन्दा माथि छ । बागमती, सुनकोसी, अरुण, तमोर, कन्काई, बुढी खोला-सुनसरी, बिरिङ खोला झापा लगायत नदीका बाढीमापन केन्द्रहरु छन।

१२ वटा नदी केन्द्रहरुमा जलसतह सतर्कता तह (Warning Level) भन्दा माथि र प्रायजसो बढ्दो क्रममा छन् — जस अन्तर्गत, बागमती, कमला, कोसी जलाधारका बाढीमापन केन्द्रहरु रहेका छन।

यसैगरि कोसी, मधेस र बागमती प्रदेशका अन्य सवै नदीनालाहरुमा बहाब सतर्कता तह नजिक छ।

नदीहरुमा आइतबार बेलुकी सम्मै बाढीको उच्च जोखिमको पूर्वानुमान छ भने मध्यम जोखिम सोमबार विहान सम्मै रहने छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS