IME Life New

दक्षिण एसियामा बढ्दो उमेरसँगै उकालो लाग्दै स्वास्थ्यमा गर्मीको खतरा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । दक्षिण एसिया, चीन र खाडी देशहरुमा वृद्धवृद्धाको जनसंख्याले गम्भीर स्वास्थ्य जोखिमहरुको सामना गरिरहेका छन्। किनकि तापक्रम बढ्दै गइरहेको छ र विश्वको जनसंख्या द्रुत गतिमा वृद्ध हुँदै गइरहेको छ।

हालै प्रकाशित स्ट्यानफोर्ड विश्वविद्यालयको एउटा नयाँ अध्ययन प्रतिवेदनले जलवायु परिवर्तनका कारण बढ्दो तापक्रमबाट उत्पन्न हुने स्वास्थ्य जोखिमहरुलाई धेरै कम आँकलन गरिएको खुलासा गरेको छ। प्रतिवेनमा वृद्ध जनसंख्याले पहिले अनुमान गरिएको भन्दा बढी, धेरै ठाउँमा र लामो समयसम्म अत्यधिक गर्मी अनुभव गर्न सक्ने उल्लेख गरेको छ।

Esewa
Crest

स्ट्यानफोर्ड विश्वविद्यालयका अनुसन्धानकर्ताहरुको टोलीको नेतृत्वमा गरिएको अध्ययनले मानवीय कारणले विश्वव्यापी तापक्रम कति बढाउँछ भनेर विश्लेषण गरेको छ। जुन वृद्ध व्यक्तिहरु सहन असमर्थ हुनेछन्। अघिल्ला धेरै अध्ययनले वृद्ध वा वयस्कमा गर्मीको ठूलो जोखिमलाई बेवास्ता गरेका छन्। किनकि तिनीहरु कम पसिना बगाउँछन्, कमजोर मुटु हुन्छन् र प्रायः अन्तर्निहित चिकित्सा अवस्थाहरु हुन्छन्।

नयाँ अध्ययनले यदि संसार ३ डिग्री सेल्सियसले तातो भयो भने सबैभन्दा प्रभावित क्षेत्र दक्षिण एसिया, चीन र खाडीमा वृद्धहरुले वर्षमा तीन महिनासम्म दिन र रात खतरनाक गर्मीको सामना गर्ने चेतावनी दिइएको छ। ‘भारत, चीन, पाकिस्तान, बंगलादेश, म्यानमार र नाइजरलगायत गरिबीको उच्च स्तर र सीमित पहुँच भएका देशहरु सबैभन्दा बढी जोखिममा छन्’, प्रतिवेदनमा भनिएको छ।

गर्मीमा ३० डिग्री सेल्सियस वृद्धि हुँदा भारत, चीन, पाकिस्तान र बंगलादेशका १.५ अर्ब मानिसले मात्र बारम्बार, क्षतिपूर्ति नदिइएका गर्मीको लहर वा विश्वभर प्रभावित हुनेहरुमध्ये लगभग तीन चौथाइको सामना गर्न सक्छन्। केही साना देश बहराइन र कतारमा जनसंख्याको १०० प्रतिशत तथा संयुक्त अरब इमिरेट्स (यूएई)मा लगभग ९५ प्रतिशत प्रभावित हुनेछन्। पाकिस्तान दुवै हिसाबले फरक छ। लगभग २९ करोड ५० लाख मानिसहरु प्रभावित छन्। जुन जनसंख्याको ८०% भन्दा बढी हो।

अध्ययनले अनुमान गरेको छ कि यदि विश्व पूर्वऔद्योगिक स्तरभन्दा १.५० डिग्री सेल्सियस माथि तातो भयो भने विश्वभर ६० वर्षभन्दा माथिका २२ प्रतिशत मानिसले प्रत्येक वर्ष कम्तीमा एक महिना असुरक्षित गर्मीको सामना गर्नेछन्। तापक्रमको प्रत्येक अतिरिक्त डिग्रीको अर्थ थप १ अर्ब मानिसले आफ्नो शरीरको सहनशीलताभन्दा बाहिरको लगभग १ महिना गर्मी र आद्र्रताको सामना गर्नेछन्। यदि विश्व ३० डिग्री सेल्सियसले तात्यो भने सबैभन्दा बढी प्रभावित क्षेत्र दक्षिण एसिया र खाडीका वृद्धवृद्धाले वर्षको ३ महिना दिनरात खतरनाक गर्मीको सामना गर्न सक्छन्।

अध्ययनको निष्कर्ष छ, ‘यी नतिजाले सुझाव दिन्छ कि अपरिवर्तनीय गर्मीले देशभित्र विस्थापन र सीमापार जलवायु बसाइसराइलाई तीव्र बनाउन सक्छ। जसले नयाँ नीति र मानवीय चुनौती सिर्जना गर्दछ।’ –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS