IME Life New

कर्मचारीलाई अत्यावश्यक अवस्थामा बाहेक बिदा नलिन स्वास्थ्य मन्त्रालयको निर्देशन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । रसुवा बाढीपछि चलिरहेको खोज, उद्धार र रातह कार्यलाई ध्यानमा राख्दै स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले विपद् व्यवस्थापन नहुन्जेलसम्म अत्यावश्यक अवस्थाबाहेक बिदा नलिन कर्मचारीहरुलाई निर्देशन दिएको छ।

मन्त्रालयले एक सूचना जारी गर्दै मन्त्रालय तथा मन्त्रालय मातहतका विभाग, अस्पताल, प्रतिष्ठानलगायतका निकायमा कार्यरत कर्मचारीलाई यस्तो निर्देशन दिएको हो। सार्वजनिक बिदा दिनसमेत कार्यालयमा उपस्थिति हुन मन्त्रालयले निर्देशन दिएको छ।

Esewa
Crest

यस्ता छन् निर्देशन

  • यस मन्त्रालय तथा मातहतका सबै कर्मचारीलाई विपद् व्यवस्थापनमा खटिन सक्ने गरी विशेष कारण र अत्यावश्यक कामबाहेक बिदा तथा काज स्वीकृत नगर्ने÷नगराउने।
  • ‘खोज, उद्धार तथा उपचारको सम्बन्धमा तोकिएका’ सम्बन्धित निकायका प्रमुख, फोकल पर्सन र जिम्मेवार पदाधिकारीलाई बिदाको दिनमा समेत कार्यालयमा उपस्थित हुने। अन्य कर्मचारीलाई पनि आवश्यक सेवा प्रवाहका लागि तयारी अवस्थामा रहने।
  • अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीले सार्वजनिक बिदाको दिनमा समेत बाढीपहिरो प्रभावित घाइतेहरुको उपचारका लागि आवश्यक व्यवस्था मिलाउने।
  • विपद प्रभावित क्षेत्रमा उपचार तथा सहयोगका लागि आआफ्ना तर्फबाट जिम्मेवारपूर्वक भूमिका निर्वाह गर्ने।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS