IME Life New

भदौका लागि बैंकहरुले ब्याजदर घटाए कि बढाए ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । भोलि भदौ १ गते। नियामकीय प्रावधानअनुसार बैंकहरुले आज साउन ३१ गते भदौमा लागू हुने ब्याजदर सार्वजनिक गरेका छन्।

हालसम्म प्राप्त १४ वटा वाणिज्य बैंकमध्ये ८ वटाले भदौका लागि व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर घटाएका छन् भने ५ वटाले स्थिर राखेका छन्। एउटाले भने ब्याजदर बढाएको छ।

Esewa
Crest

व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर घटाउनेमा स्ट्यान्डर्ड चार्टर्ड बैंक, सिद्धार्थ बैंक, नेपाल एबीआई बैंक, सानिमा बैंक, कुमारी बैंक, एभरेष्ट बैंक, कृषि विकास बैंक र लक्ष्मी सनराइज बैंक छन्। भदौका लागि ब्याजदर घटाएर स्ट्यान्डर्ड चार्टर्ड बैंकले ५.१३ प्रतिशत, सिद्धार्थ, ५.५० प्रतिशत, नेपाल एसबीआई बैंकले ५.२५ प्रतिशत, सानिमा बैंकले ६.७५ प्रतिशत, कुमारी बैंकले ५.२१ प्रतिशत, एभरेष्ट बैंकले ५.७५ प्रतिशत, कृषि विकास बैंकले ५.२० प्रतिशत र लक्ष्मी सनराइज बैंकले ५ प्रतिशत कायम गरेका छन्।

साउनका लागि स्ट्यान्डर्ड चार्टर्ड बैंकले ६.२५ प्रतिशत, सिद्धार्थ बैंकले ५.७५ प्रतिशत, नेपाल एसबीआई बैंकले ५.३५ प्रतिशत, सानिमा बैंकले ७.१८ प्रतिशत, कुमारी बैंकले ५.४१ प्रतिशत, एभरेष्ट बैंकले ६.२५ प्रतिशत, कृषि विकास बैंकले ५.४० प्रतिशत र लक्ष्मी सनराइज बैंकले ५.५० प्रतिशत कायम गरेका थिए।

यसैगरी व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर बढाउनेमा हिमालयन बैंक रहेको छ। यो बैंकले साउनमा ५.५० प्रतिशत ब्याज दिएकोमा भदौमा बढाएर ६ प्रतिशत कायम गरेको छ।

ब्याजदर स्थिर राख्नेमा नेपाल बैंक, ग्लोबल आइएमई बैंक, एनआईसी एसिया बैंक, एनएमबी बैंक र प्राइम कमर्सियल बैंक रहेका छन्। साउनमा नेपाल बैंकले ५.४० प्रतिशत, ग्लोबल आइएमई बैंकले ६ प्रतिशत, एनआईसी एसिया बैंकले ६.२५ प्रतिशत, एनएमबी बैंकले ६ प्रतिशत र प्राइम कमर्सियल बैंकले ६ प्रतिशत ब्याजदर कायम गरेका थिए। सोही ब्याजदरलाई यी बैंकले भदौका लागि निरन्तरता दिएका छन्।

उता राष्ट्रियस्तरका अधिकांश विकास बैंकले साउनकै व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदरलाई भदौमा निरन्तरता दिएका छन्। हालसम्म प्राप्त ४ वटा गरिमा विकास बैंक, मुक्तिनाथ विकास बैंक, कामना सेवा विकास बैंक र महालक्ष्मी विकास बैंकले साउनकै ब्याजदरलाई भदौमा निरन्रता दिएका छन्। साउनमा गरिमाले ६.११ प्रतिशत, मुक्तिनाथले ६.२५ प्रतिशत, कामना सेवाले ६.१५ प्रतिशत र महालक्ष्मीले ६.११ प्रतिशत ब्याजदर कायम गरेका थिए। सोही ब्याजदरलाई यी बैंकहरुले भदौका लागि निरन्तरता दिएका छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

36%
sad

दु :खी

0%
amazed

अचम्मित

36%
excited

उत्साहित

27%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS