IME Life New

गाजा शान्ति प्रक्रियामा निर्णायक मोड, बन्धक रिहा गर्न हमास सहमत

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । गाजामा करिब दुई वर्षदेखि जारी द्वन्द्व समाधानका लागि महत्वपूर्ण सफलता प्राप्त भएको छ। हमासले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रस्ताव गरेको २० बुँदे शान्ति योजनालाई आंशिक रुपमा स्वीकार गर्दै गाजामा रहेका सबै इजरायली बन्धकहरु लाई रिहा गर्न सहमति जनाएको छ।

हमासले एक वक्तव्य जारी गर्दै भनेको छ, ‘राष्ट्रपति ट्रम्पको प्रस्तावमा निर्दिष्ट गरिएको आदानप्रदान मार्गदर्शनअनुसार, जीवित र मृत दुवै सबै बन्धकहरुलाई उपयुक्त सर्तमा रिहा गर्न तयार छौँ।’ हमासले बन्धक आदानप्रदानको विवरणलाई अन्तिम रुप दिनका लागि मध्यस्थकर्ताहरुमार्फत तुरुन्तै थप छलफलमा बस्न तयार रहेको पनि जनाएको छ।

Esewa
Crest

यद्यपि, हमासले शान्ति प्रस्तावका केही बुँदाहरुमा थप वार्ता आवश्यक रहेको स्पष्ट पारेको छ। विशेषगरी गाजाको भावी शासन र प्यालेस्टिनी जनताको वृहत् अधिकार सम्बन्धी विषयमा अरब र इस्लामिक राष्ट्रहरुको सहयोगमा राष्ट्रिय ढाँचाभित्र थप छलफल गर्नुपर्ने उसको माग छ।समूहले गाजाको संक्रमणकालीन शासन को व्यवस्थापनमा जिम्मेवार भूमिका निभाउने प्रतिबद्धता पनि व्यक्त गरेको छ।

हमासको सहमतिलगत्तै राष्ट्रपति ट्रम्पले इजरायललाई तत्काल गाजामा बमबारी रोक्न सार्वजनिक रुपमा आह्वान गरेका छन्। ट्रम्पले आफ्नो सामाजिक सञ्जालमा भनेका छन्, ‘मलाई विश्वास छ कि उनीहरु (हमास) दीर्घकालीन शान्तिका लागि तयार छन्। बन्धकहरुलाई सुरक्षित र छिटो बाहिर निकाल्नका लागि इजरायलले गाजामा तत्काल बमबारी रोक्नुपर्छ।’ जारी द्वन्द्वमा राष्ट्रपति ट्रम्पले इजरायललाई सैन्य कारबाही रोक्नका लागि गरेको यो पहिलो सार्वजनिक आह्वान हो।

ट्रम्पको यो हस्तक्षेपमा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु ले आश्चर्य व्यक्त गरे। इजरायली अधिकारीहरुले युद्धविराम गर्न प्रतिबद्ध नभए पनि बन्धक रिहाइसँग सम्बन्धित योजनाको पहिलो चरण कार्यान्वयनका लागि तयारी गरिरहेको संकेत दिएका छन्। गाजामा सैन्य कारबाही जारी रहेकाले तनाव कायम छ। इजरायली गुप्तचर निकायको अनुमानअनुसार करिब ४८ बन्धक हमासको कब्जामा छन्, जसमध्ये २० जना जीवित रहेको अनुमान छ।

ट्रम्पले हमासलाई आइतबारसम्म व्यापक शान्ति योजना स्वीकार गर्न अन्तिम म्याद दिएका छन्। उनले सहमति नभए हमासविरुद्ध अभूतपूर्व कारबाही हुने चेतावनी दिएका छन्।

प्रस्तावित शान्ति योजनामा तत्काल युद्धविराम, इजरायली सेनाको चरणबद्ध फिर्ती, हमासको निःस्त्रीकरण र अन्तर्राष्ट्रिय निकायले सहयोग गर्ने संक्रमणकालीन प्राविधिक सरकारको स्थापना समावेश छन्। हमासले अहिलेसम्म निरस्त्रीकरणको सर्त स्वीकार गरेको छैन, जुन शान्ति वार्तामा मुख्य अड्चन बनेको छ।

आगामी दिनहरु निर्णायक हुनेछन्। यो कमजोर कूटनीतिक सफलताले विनाशकारी द्वन्द्वको अन्त्य र बन्धकहरुको सुरक्षित घर फिर्ती सुनिश्चित गर्न सक्छ वा सक्दैन, त्यो हेर्न बाँकी छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS